सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्ताले ७.५ प्रतिशत ब्याज पाउने

images
सोमबार, साउन १ २०८०
images
वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्ताले ७.५ प्रतिशत ब्याज पाउने

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम संकलन भएको छ।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत ब्याज प्रदान गर्ने भएको छ। 

images
images
images

कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम संकलन भएको छ। कोष सञ्चालक समितिको बैठकले आवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८ दशमवल ६० प्रतिशत ब्याज लाग्ने निर्णय गरेको हो। 

images
images

धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९ दशमवल २५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना ब्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उनका अनुसार  कोषमा हालसम्म ३६ अर्ब ४४ करोड रूपैयाँ योगदान रकम संकलन भइसकेको छ।

images
images

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा एक अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा एक अर्ब ९८ करोड ४० लाख ५६ हजार र अतिरिक्त योगदान शीर्षकमा नौ अर्ब ६१ करोड १५ लाख २८ हजार रूपैयाँ संकलन भएको कोषले जनाएको छ।

कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका चार लाख २३ हजार नौ सय २९ र वैदेशिक क्षेत्रका दुई लाख २३ हजार पाँच सय ३५ गरी कुल छ लाख ४७ हजार चार सय ६४ श्रमिक आबद्ध भएका छन्। कोषले ८९ हजार दुई सय ४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत पाँच अर्ब सात करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। रासस 


प्रकाशित : सोमबार, साउन १ २०८००७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend