सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

ऋणात्मक भयो राजस्व, पाँच खर्ब नाघ्यो बजेट घाटा 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १ २०८०
images
ऋणात्मक भयो राजस्व, पाँच खर्ब नाघ्यो बजेट घाटा 

अघिल्लो वर्ष सरकारले  १० खर्ब ६७ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको थियो। 

images
images

काठमाडौं-  बजेट खर्चमा औसत तथ्यांक आएपनि गएको आर्थिक वर्षमा राजस्व संलकन भने निरशाजनक देखिएको छ।गएको आर्थिक वर्षमा राजस्व संकलन ऋणात्मक भएको छ। अर्थात अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले घटेको छ। 

images
images
images

आर्थिक क्षेत्रमा आएको मन्दी र आयातमा गरिएको कडाणइका कारणले राजस्व संकलन प्रभावित भएको हो। 

images
images

सरकारले गएको वर्ष  ९ खर्ब ५७ अर्ब ७१ करोड अर्थात् लक्ष्यको ६८ प्रतिशतमात्र राजस्व संकलन गरेको छ। जबकी यो अघिल्लो वर्षको तुलनामा एक खर्बभन्दा बढीले न्यून हो। 

images
images

अघिल्लो वर्ष सरकारले  १० खर्ब ६७ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको थियो। 

गएको वर्ष सकाररले अन्य प्राप्तिबाट ५३ अर्ब २४ करोड आम्दानी गर्दा २१ अर्ब २९ करोड अनुदान प्राप्त गरेको छ। अनुदानसहितको कूल सरकारको आम्दानी १० खर्ब ३१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। 

संघीय सरकारले आम्दानीभन्दा ५ खर्ब धेरै खर्च गरेको छ।  गएको वर्ष सरकारकले कूल १० खर्ब ३१ अर्ब आम्दानी गरेपनि राजस्व बाँडफाँटबाट गएको रकम घटाउँदा संघीय सरकारको खातामा जाने रकम घटेर आउँछ। 

त्यसैले गर्दा संघीय सरकारको बजेट घाटा ५ खर्ब नाघेको छ। 


प्रकाशित : सोमबार, साउन १ २०८००१:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend