मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बीएमडब्लूको विद्युतीय एसयूभी आज सार्वजनिक हुँदै, मूल्य सवा २ करोडमाथि

सोमबार, साउन १ २०८०
बीएमडब्लूको विद्युतीय एसयूभी आज सार्वजनिक हुँदै, मूल्य सवा २ करोडमाथि

बीएमडब्लू आईएक्स थ्री ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ७९ एमएम रहेको छ। यो विद्युतीय कारमा ८० किलोवाट आावरको ब्याट्री प्याक उपलब्ध छ। 

काठमाडौं- बीएमडब्लूको विद्युतीय एसयूभी आईएक्स थ्री नेपाली बजारमा सार्वजनिक हुँदैछ। जर्मन विलासी कार निर्माता कम्पनी बीएडब्लूको नेपालका लागि आधिकारिब बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले उक्त विलासी कार आज सार्वजनिक गर्न लागेको हो। 

लक्ष्मी प्रिमियमले पहिलो चरणमा बीएमडब्लूको एक्स सिरिजमा आधारित रहेको उत्पादन गरिएको विद्युतीय कार ल्याएको हो। कम्पनीले बीएमडब्लूको आईएक्स थ्रीस्पोर्ट विद्युतीय कार नेपाल ल्याएको हो। कम्पनी सोमबार साढे १ बजे भर्चुअल माध्यमबाट आईएक्स थ्री सार्वजनिक गर्ने तय गरेको छ।

२ सय १० किलोवाट मोटर पावरयुक्त आईएक्स थ्री पहिलो चरणमा ५ वटा ल्याइएको कम्पनीले जनाएको छ। बीएमडब्लूको आईएक्स थ्री स्पोर्ट विद्युतीय कार उच्च प्रविधियुक्त र विलासी कार हो। बीएमडब्लू आईएक्स थ्री एम स्पोर्टले एक पटकको फुल चार्जमा डब्लूएलटीपी प्रमाणित ४ सय ६० किलोमिटर रेन्ज दिने छ। 

२ सय १० किलोवाट मोटरपावर भएको आईएक्स थ्रीले ४ सय एनएम टर्क दिन्छ भने यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमा तय गर्न सक्छ। 

बीएमडब्लू आईएक्स थ्री ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ७९ एमएम रहेको छ। यो विद्युतीय कारमा ८० किलोवाट आावरको ब्याट्री प्याक उपलब्ध छ। 

यो कार फुल चार्ज हुन ११ किलोवाटको एसी चार्जरबाट ७.५ घण्टा लाग्छ भने १ सय ५० किलोवाटको फास्ट चार्जिरबाट ८० प्रतिशत चार्ज हुन जम्मा ३४ मिनेट लाग्छ। आईएक्स थ्रीको टप स्पीड १ सय ८० किलोमिरट प्रतिघण्टा रहेको छ। 

लक्ष्मी प्रिमियमले बीएमडब्लू आईएक्स थ्रीको नेपाली बजार मूल्य २ करोड २५ देखि ३० लाख रुपैयाँको बीचमा हुने गरि तय गरेको छ। 

लक्ष्मी समूह अन्तर्गको लक्ष्मी प्रिमिय मोटर्स प्रालिले २०७७ जेठमा पहिलोपटक नेपाली बजारमा आधिकारिक बिक्रेताका रुपमा बीएमडब्लूका कार भित्र्याएको थियो। 

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कम मोटर क्षमता भएका विद्युतीय कारमा कर बढाएर बढी मोटर क्षमता भएका विद्युतीय कारमा लाग्ने कर घटाएको हो। आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटबाट विलासी सेगमेन्टका विद्युतीय कारको कर घटाएको थियो। कर घटेसँगै महँगा विद्युतीय कार आउने थालेका हुन्। 

सरकारले शून्यदेखि ५० किलोवाट मोटर क्षमता भएको विद्युतीय कारमा १० प्रतिशत भन्सार लगायो। यसअघिको बजेटमा शून्यदेखि १ सय किलोवाटलाई गणना गरिँदै आएकोमा यो वर्षको बजेटमा उक्त ब्रेकडाउन गरेको हो। यो सेगमेन्टमा अन्तःशुल्क लाग्दैन।  

५१ देखि १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा सरकारले ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत कायम गरेको छ भने अन्तःशुल्क नभएको यो क्षमताको विद्युतीय कारमा १० प्रतिशत अन्तःशुल्क लगाएको छ। 

त्यस्तै बजेटले १ सयदेखि २ सय किलोवाटससम्म मोटर पिकपावर भएका विद्युतीय कारको कर भने घटाइदियो। यो पिकपावर भएको विद्युतीय कारमा चालु आवको बजेटमा ३०/३० प्रतिशत भन्सार र अन्तःशुल्क रहेकोमा आगामी आर्थिक वर्षको बजेटमा यसलाई १०/१० प्रतिशत घटाएर भन्सार र अन्तःशुल्क क्रमशः २०/२० प्रतिशत कायम गरियो। यसले महँगा र बढी पावरका विद्युतीय कारको मूल्य यसअघिको तुलनामा उल्लेख्य रुपमा घटायो।

सरकारले २ सयदेखि ३ सय किलोवाट मोटर पिकपावर भएका विद्युतीय कारमा ४५/४५ प्रतिशत रहेको भन्सार र अन्तःशुल्कलाई ५ प्रतिशत भन्सार घटाएर ४० प्रतिशत भनाएर अन्तःशुल्क ४५ प्रतिशत यथावत नै राखेको छ। ३ सय किलोवाटभन्दा बढी पिक पावर भएको विद्युतीय कारको कर दर भने यथावत नै राखिएको छ। यो क्षमताका विद्युतीय कार नेपाली बजारमा भित्रिएका छैनन्।


प्रकाशित : सोमबार, साउन १ २०८००१:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend