सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सहकारीपीडितको माग सम्बोधन गर्न सांसदको माग

images
आइतबार, असार ३१ २०८०
images
सहकारीपीडितको माग सम्बोधन गर्न सांसदको माग

सांसद सोविता गौतमले देशका विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन्।

images
images
images

संघीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भने, 'सहकारीकर्मीहरु आन्दोलनमा छन्। केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु।'  

images
images

हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उनले गुनासो गरे। 'ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुंगोमा पुर्‍याउने विषयमा सरकार गम्भीर हुनुपर्छ', महामन्त्री शर्माले भने। महामन्त्री शर्माले आजै नयाँ बानेश्वरमा ट्रेड युनियन कांग्रेसले गरेको प्रदर्शनमार्फत समेत न्यूनतम ज्याला निर्धारण गर्ने सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका थिए।

images
images

सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर रहेको गुठीसँग सम्बन्धित समस्या समाधानका निम्ति आग्रह गरे। उनले भने, 'हाम्रो सरकार, हाम्रा राजनीतिक दल सबै हामी समाजवादी हौँ भन्छौँ र किसानलाई न्याय दिन्छौँ भन्छौँ तर जसले पुस्तौँदेखि जमिन जोतीरहेको छ,  तर आज पनि उनीहरुको जमिन दर्ता हुन सकेको छैन।' सिन्धुपाल्चोकका अधिकांश नागरिक गुठी समस्याले पीडित भएको उनले उल्लेख गरे।

सांसद सोविता गौतमले देशका विभिन्न क्षेत्रमा भएका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, 'संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ, उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामकीय असक्षमता हो।' उनले नेपालमा हवाईसम्बन्धी पृथक, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता औँल्याइन्। रासस


प्रकाशित : आइतबार, असार ३१ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend