सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ५ दिन थुनामा राख्न अनुमति

images
आइतबार, असार ३१ २०८०
images
ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ५ दिन थुनामा राख्न अनुमति

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म प्रहरीले १७ जनालाई पक्राउ गरिसकेको छ।

images
images

काठमाडौं- प्रहरीले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।

images
images
images

जिल्ला अदालत काठमाडौंले हालसम्म पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको हो।

images
images

ललिता निवासको सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा पास गर्ने कार्यमा संलग्नता देखिएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की, मोही बाबुराम महर्जन, तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलगायत पक्राउ परेका छन्। पक्राउ परेकाहरुमाथि प्रहरीले कीर्तेसँगै संगठित अपराधको कसुरमा समेत अनुसन्धान गरिरहेको छ।

images
images

ललिता निवासको जग्गा हिनामिना भएको विषयमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : आइतबार, असार ३१ २०८०१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend