सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सिन्धुलीको सरस्वती माविलाई एभरेष्ट बैंकको एक लाख ५० हजार रूपैयाँ सहयोग

images
आइतबार, असार ३१ २०८०
images
सिन्धुलीको सरस्वती माविलाई एभरेष्ट बैंकको एक लाख ५० हजार रूपैयाँ सहयोग
images
images

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौली नगरपालिका-४ डकाहास्थित सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। 

images
images
images

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरस्वती माविलाई एक लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो। एक विशेष समारोहका बिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

images
images

सो सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने बैंकको विश्वास छ। 

images
images

बैंकले आफ्नो १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटीएममार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ। नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, असार ३१ २०८००९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend