मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सीजी मोटोकर्पले फ्रंक्सपछि जिम्नीको पनि खुलायो बुकिङ

आइतबार, असार ३१ २०८०
सीजी मोटोकर्पले फ्रंक्सपछि जिम्नीको पनि खुलायो बुकिङ

कम्पनीले साउन ८ गते दुवै एसयूभीको नेपाली बजार मूल्य सार्वजनिक गर्ने घोषणा गरेको छ।

काठमाडौं- सुजुकीको अर्को एसयूभी जिम्नीको समेत बुकिङ खुला भएको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आकर्षक एसयूभी जिम्नीको बुकिङ खुलाएको हो। 

अघिल्लो साता सीजी मोटोकर्पले सुजुकी नयाँ एसयूभी फ्रंक्सको बुकिङ खुलाएको थियो। खाल्डाखुल्डीयुक्त बाटो तथा उपभोक्ताको एसयूभी सेगमेन्टका सवारीमा रुची बढ्दै गएकाले सीजी मोटोकर्पले सुजुकीले उत्पादन गरेका नयाँ नयाँ एसयूभी नेपाली उपभोक्तामाझ ल्याइरहेको छ। 

केही महिनाअघि सीजी मोटोकर्पले नयाँ ब्रेजा र ग्रान्ड भिटारा सार्वजनिक गरेको थियो। अब भने कम्पनीले एकैसाथ दुई नयाँ एसयूभी फ्रंक्स र जिम्नी ल्याएको छ। यी दुवै एसयूभीको बुकिङ खुला भएको छ। गत शुक्रबारबाट फ्रंक्सको र आइतबार (असार ३१) बाट जिम्नीको बुकिङ खुला भएको छ। 

कम्पनीले साउन ८ गते दुवै एसयूभीको नेपाली बजार मूल्य सार्वजनिक गर्ने घोषणा गरेको छ। ‘अल्टिमेट अफ रोड’ एसयूभीका रुपमा कम्पनीले यो कार बजारमा ल्याएको छ। आकर्षक डिजाइन र विशेषतायुक्त यो एसयूभी उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीको छ। 

suzuki jimny dashboard.jpg

१४ सय ६२ सीसीयुक्त शक्तिशाली इन्जिनमा उपलब्ध जिम्नी विभिन्न ४ रंगमा उपलब्ध रहेको छ।  

सुजुकी जिम्नीका मुख्य विशेषताहरु

लेन्थ : ३६ सय एमएम

वाइड : १६ सय ४५ एमएम

हाइट : १७ सय २५ एमएम

ह्वील वेस : २२ सय ५० एमएम

ग्राउन्ड क्लियरेन्स : २ सय १० एमएम

सिट क्षमता : ४

इन्जिन क्षमता : १४ सय ६२ सीसी

पावर : ६ हजार आरपीएममा १ सय एचपी

टर्क : ४ हजार आरपीएममा १ सय ३० एनएम

ड्राइभट्रेन : फोर ह्वील ड्राइभ

ट्यांक : ४० लिटर

माइलेज : १६ किलोमिटर प्रतिलिटर

अधिकतम गति : १ सय ४५ किलोमिरट प्रतिघण्टा 

सुरक्षा विशेषताहरुमा ६ एयरब्याग, एबीएससहितको ईबीडी, इएसपी, हिल होल्ड कन्ट्रोल, हिल डिससेन्ट कन्ट्रोल, ब्रेक असिस्ट फंसन आदि छन्। 

सीजी मोटोकर्पले भारतमा सार्वजनिक भएको केही सयमपछि नयाँ एसयूभी फ्रंक्स पनि नेपाल ल्याउने भएको हो। कम्पनीले शुक्रबार (असार २९)बाट नयाँ एसयूभी फ्रंक्सको बुकिङ खुला गरेको हो। फ्रंक्स एसयूभीको मूल्य साउन ८ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ। 

सुजुकी फ्रंक्सलाई मारुती सुजुकीले २०२३ को जनवरीमा भारतको ग्रेटर नोयडामा भएको अटो एक्सपो २०२३ शोकस गरेको थियो। कम्पनीले भारतीय बजारमा सो एसयूभी अप्रिल अन्तिम साता सार्वजनिक गरेको थियो। 

सुजुकी फ्रंक्स १.२ लिटर पेट्रोल र १.० लिटर टर्बाे इन्जिनमा उपलब्ध छ। यो एसयूभी सिंग्मा, डेल्टा, डेल्टा प्लस, जिटा, अल्फा र अल्फा डीटी भेरियन्टमा उपलब्ध रहेको छ। नेपाली बजारमा भने १.० लिटर टर्बो वा १.२ लिटर पेट्रोल वा दुवै भेरियन्ट आउन सक्नेछ। 

१.० लिटर टर्बो इन्जिनयुक्त फ्रंक्स एसयूभीले ५५ सय आरपीएममा ९८.६९ बीएटबी पावर जेनेरेट गर्छ भने यो कारमा ३ सिलिन्डर रहेको छ। पेट्रोल इन्जिन रहेको यो एसयूभीले ४५ सय आरपीएममा १ सय ४७.६ एनएम टर्क दिन्छ। 

फ्रंक्स एसयूभीले प्रतिलिटर पेट्रालले २० किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ। अटोमेटिक ट्रान्समिसन भएको यो एसयूभीमा ३ सय ८ लिटरको बुट स्पेस र ३७ लिटरको इन्धन ट्यांकी उपलब्ध छ। 

सुजुकीले भारतमा उत्पादन गरेको यो उत्कृष्ट एसयूभी हो। भारतीय बजारमा एसयूभी सेगमेन्टका कार खरिद गर्ने उभापेक्ताको संख्या बढेसँगै मारुती सुजुकीले एसयूभी उत्पादनलाई प्राथमिकता दिएको छ। 

साउन ८ गते मूल्य सार्वजनिक गरेसँगै सीजी मोटोकर्पले सुजुकीको जिम्नी र फ्रंक्स दुवै एसयूभीको डेलिभरी सुरु हुने जनाएको छ। 


प्रकाशित : आइतबार, असार ३१ २०८००८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend