सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

images
आइतबार, असार ३१ २०८०
images
बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड  २३ लाख १४ हजार बजेट खर्च हुन नसकेको हो।

images
images

बैतडी- जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षमा ८७ करोड रूपैयाँभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ। जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड  २३ लाख १४ हजार बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताए।

images
images
images

यहाँका सबै स्थानीय तहमा चालु आर्थिक वर्षका लागि पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार रूपैयाँ बजेट आएको थियो। सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालु र पुँजीगत दुवै गरेर १३ करोड ३२ लाख २६ हजार रूपैयाँ बजेट खर्च गर्न हुन सकेन। उक्त नगरपालिकाबाट ६० करोड ४० लाख ७८ हजारमध्ये ४७ करोड आठ लाख ५२ हजार रूपैयाँ बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

images
images

सिगास गाउँपालिकाबाट ५० करोड २० लाख ९३ हजार बजेटमध्ये आठ करोड ७१ लाख छ हजार रूपैयाँ खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ। सिगासले ४१ करोड ४९ लाख ८७ हजार रूपैयाँ रकम मात्रै खर्च गरेको छ।

images
images

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये ५८ करोड ९३ लाख चार हजार रूपैयाँ खर्च गरेको छ। उक्त नगरपालिकाले आठ करोड ७१ लाख २२ हजार रूपैयाँ खर्च गर्न बाँकी देखिएको छ।

पाटन नगरपालिकाबाट ७४ करोड १६ लाख ४१ हजारमध्ये ६१ करोड ५८ लाख ५२ हजार रूपैयाँ मात्रै खर्च गरेको देखिएको छ। उक्त नगरपालिकाले १२ करोड ५७ लाख ८९ हजार रूपैयाँ खर्च गर्न बाँकी रहेको छ। यसैगरी पुर्चौंडी नगरपालिकाबाट ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार रूपैयाँ मात्रै खर्च भएको छ। उक्त नगरपालिकाले आठ करोड ७७ लाख ६२ हजार रूपैयाँ खर्च गर्न बाँकी देखिएको छ। डिलासैनी गाउँपालिकाले पनि ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये  ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र सात करोड ९२ लाख रूपैयाँ खर्च गर्न बाँकी रहेको छ।

दोगडाकेदार गाउँपालिकाले ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये ४७ करोड ९२ लाख ५४ हजार रूपैयाँ खर्च गरेको छ। उक्त गाउँपालिकाबाट सात करोड ७७ लाख छ हजार रूपैयाँ खर्च  बाँकी रहेको छ।

पञ्चेश्वर गाउँपालिकाको ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये ३९ करोड ३९ लाख २९ हजार रूपैयाँ खर्च भएको र आठ करोड २९ हजार रूपैयाँ खर्च गर्न बाँकी रहेको हो। शिवनाथ गाउँपालिकाको ४० करोड ४२ लाख ३२ हजारमध्ये ३४ करोड १८ लाख ६२ हजार रूपैयाँ खर्च भएको र छ करोड २३ लाख ७० हजार रूपैयाँ खर्च गर्न बाँकी देखिएको छ।

सुर्नया गाउँपालिकाको ४९ करोड २२ लाख ८१ हजार रूपैयाँ बजेटमध्ये ४४ करोड दुई लाख ७७ हजार रूपैयाँ खर्च भएको र पाँच करोड २० लाख चार हजार रूपैयाँ खर्च गर्न बाँकी रहेको छ। 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरीले बताए। समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन्। उनले भने, 'पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ।' रासस


प्रकाशित : आइतबार, असार ३१ २०८००७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend