काठमाडौं- नेपाल सिमेन्ट उत्पादक संघले अध्ययन अनुसन्धानबिना मारुती सिमेन्टका संचालकविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा गम्भीर आपत्ति जनाएको छ।
संघले विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयको अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरेको छ।
घर भत्किएको विषय अनुसन्धान नै नगरी उजुरीको भरमा पक्राउ पुर्जी जारी भएको विषय विवादित बनेको थियो। त्यो उजुरीका आधारमा उद्योगका संचालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यो प्रकरणमा बिजेनस डाइरेक्टर ज्योति शर्मा पक्राउ परेका थिए।
संघले कुनै पनि पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामाग्रीको प्रयोग लगायतका विषय नहेरी एकतर्फी उद्योगीलाई निशाना बनाउने उद्देश्य राखिएको जिकिरसमेत गरेको छ।
