सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्‌बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

images
शनिबार, असार ३० २०८०
images
मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्‌बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मिटरब्याजीसम्बन्धी विधेयक संसद्‌बाट चाँडै नै पारित गरिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

images
images

नारायणगढ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्‌मा रहेको मिटरब्याजीसम्बन्धी विधेयक नै अघि बढाइने बताएका छन्। प्रेस सेन्टर नेपाल चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले संसद्‌मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताए।

images
images
images

संसद्‌ अवरोधका कारण विधेयक पारित हुन नसकेको भन्दै उनले अब संसद्‌ सुरू हुनेबित्तिकै यसलाई पारित गरि बताए। उनले भने, 'प्रतिपक्षी साथीहरु पनि विधेयकको पक्षमा हुनुहुन्छ। त्यसो भएकाले अब यसलाई हामी चाँडै संसद्‌बाट पारित गर्छौँ।' 

images
images

सरकारले संसद्‌मा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उनले बताए। मिटरब्याजीविरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ। रासस

images
images


प्रकाशित : शनिबार, असार ३० २०८००७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend