सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति

images
शनिबार, असार ३० २०८०
images
भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति

'ब्लास्टिङ गर्दा भारतबाट ढुंगा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ',  स्थानीय नरभान बडूले भने।

images
images

खलंगा- भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ। 

images
images
images

भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुंगाले नेपालतर्फ महाकाली नगरपालिका-५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

images
images

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुंगा उछिट्टिएर स्थानीय नरभान  बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो। 'ब्लास्टिङ गर्दा भारतबाट ढुंगा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ',  स्थानीय नरभान बडूले भने। रासस

images
images


प्रकाशित : शनिबार, असार ३० २०८००७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend