सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

images
शनिबार, असार ३० २०८०
images
पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे
images
images

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्।

images
images
images

यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन्।

images
images

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै  सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ। भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताए। किसान बोहोराले भने, 'यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो। घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो।'

images
images

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए। उनले भने, 'चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ।

राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ।' स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असार ३० २०८००५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend