सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

चालु आवमा म्याग्दीमा नौ झोलुंगे पुल निर्माण

images
शनिबार, असार ३० २०८०
images
चालु आवमा म्याग्दीमा नौ झोलुंगे पुल निर्माण

निर्माण सकिएका र निर्माणाधीन पुलको कुल लागत सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रूपैयाँ रहेको छ।

images
images

म्याग्दी- म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा नौ झोलुंगे पुल निर्माण भएको छ।  झोलुंगे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप नौ वटा झोलुंगे पुल निर्माणाधीन छन्। टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुंगे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ।

images
images
images

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधीन पुलको कुल लागत सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रूपैयाँ रहेको छ। 'निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसंख्या लाभान्वित हुनेछन्', उनले भनिन्, 'उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ।'

images
images

मालिका गाउँपालिकामा पाँच, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा दुई/दुई वटा पुल निर्माण सकिएका छन्। यसैगरी मालिका, धौलागिरि र अन्नपूर्णमा दुई/दुई, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा एक÷एक वटा पुल निर्माणाधीन छन्।

images
images

मालिका गाउँपालिका-५ को सांगाखोलामा १०० मिटर, मालिका-४ सिस्नेरीको भातीखोलामा ५८ मिटर, मालिका-४ को घोर्सीखोलामा ५८ मिटर, मालिका-४ छिपान्जाखोलामा ५८ र मालिका-७ को शिवरात्रिखोलामा ११४ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। 

रघुगंगा-१ को ओकिलाखोलामा ४२ मिटर र रघुगंगा-८ को रघुगंगा खोलामा ९० मिटर लामो पुल निर्माण भएको छ। बेनी नगरपालिका-३ को चिनाखेत खोलामा २८ मिटर र ठुलोखोलामा ३२ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको छ।

मालिका-४ को दाजुङखोलामा ७० मिटर लामो पुलको ३० प्रतिशत, वडा नम्बर ६ को म्याग्दीखोलामा एक सय १४ मिटर लामो पुलको ८० प्रतिशत, मंगला गाउँपालिका-५ को पिपलको म्याग्दी खोलामा ७३ मिटर पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ।

अन्नपूर्ण गाउँपालिका-को दोविल्नाखोलामा ६० मिटर र ठुलोखोलाको ६४ मिटर लामो पुलको निर्माण कार्य ६५/६५ प्रतिशत सकिएको छ । रघुगंगा गाउँपालिका-८ को कोसेराखोलामा ३२ मिटर र बेनी नगरपालिका-७ को म्याग्दीखोलामा ४६ मिटर, धौलागिरि गाउँपालिका-७ को म्याग्दी खोलामा एक सय एक र वडा नम्बर ४ को खोलाखर्क खोलामा एक सय १२ मिटर लामो पुल निर्माणको काम ३०/३० प्रतिशत सकिएको छ।

झोलुंगे पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दुरी छोटिएको, स्थानीयवासीका साथै विद्यार्थीलाई पनि सुविधा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। झोलुंगे पुलको क्षेत्रमा १८ वर्षदेखि काम गरिरहेको मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर दुई सय ८३ झोलुंगे पुल छन्। रासस


प्रकाशित : शनिबार, असार ३० २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend