मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुजुकीको नयाँ एसयूभी फ्रंक्सको बुकिङ खुल्यो 

शुक्रबार, असार २९ २०८०
सुजुकीको नयाँ एसयूभी फ्रंक्सको बुकिङ खुल्यो 

फ्रंक्स एसयूभीले प्रतिलिटर पेट्रालले २० किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ। अटोमेटिक ट्रान्समिसन भएको यो एसयूभीमा ३ सय ८ लिटरको बुट स्पेस र ३७ लिटरको इन्धन ट्यांकी उपलब्ध छ। 

काठमाडौं- सुजुकीको नयाँ एसयूभी नेपाली बजारमा आउने निश्चित भएको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नयाँ एसयूभी ल्याउने तय गरेको हो। 

कम्पनीले भारतमा सार्वजनिक भएको केही सयमपछि नयाँ एसयूभी फ्रंक्स ल्याउने भएको हो। सीजी मोटोकर्पले शुक्रबार (असार २९)बाट नयाँ एसयूभी फ्रंक्सको बुकिङ खुला गरेको छ। फ्रंक्स एसयूभीको मूल्य साउन ८ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ। 
  
सुजुकी फ्रंक्सलाई मारुती सुजुकीले २०२३ को जनवरीमा भारतको ग्रेटर नोयडामा भएको अटो एक्सपो २०२३ शोकस गरेको थियो। कम्पनीले भारतीय बजारमा सो एसयूभी अप्रिल अन्तिम साता सार्वजनिक गरेको थियो। 

सुजुकी फ्रंक्स १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो इन्जिनमा उपलब्ध छ। यो एसयूभी सिंग्मा, डेल्टा, डेल्टा प्लस, जिटा, अल्फा र अल्फा डीटी भेरियन्टमा उपलब्ध रहेको छ। नेपाली बजारमा भने १.० लिटर टर्बो वा १.२ लिटर पेट्रोल वा दुवै भेरियन्ट आउन सक्नेछ। 

Suzuki-Fronx int.jpg

१.० लिटर टर्बो इन्जिनयुक्त फ्रंक्स एसयूभीले ५५ सय आरपीएममा ९८.६९ बीएटबी पावर जेनेरेट गर्छ भने यो कारमा ३ सिलिन्डर रहेको छ। पेट्रोल इन्जिन रहेको यो एसयूभीले ४५ सय आरपीएममा १ सय ४७.६ एनएम टर्क दिन्छ। 

फ्रंक्स एसयूभीले प्रतिलिटर पेट्रालले २० किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ। अटोमेटिक ट्रान्समिसन भएको यो एसयूभीमा ३ सय ८ लिटरको बुट स्पेस र ३७ लिटरको इन्धन ट्यांकी उपलब्ध छ। 

सुजुकीले भारतमा उत्पादन गरेको यो उत्कृष्ट एसयूभी हो। भारतीय बजारमा एसयूभी सेगमेन्टका कार खरिद गर्ने उभापेक्ताको संख्या बढेसँगै मारुती सुजुकीले एसयूभी उत्पादनलाई प्राथमिकता दिएको छ। 

सुजुकीले पछिल्लो समय नयाँ ब्रेजा, ग्रान्ड भिटारासँगै फ्रंक्स एसयूभी भारतका साथै नेपाली बजारमा समेत ल्याएको र ल्याउँदै छ। त्यस्तै भारतमा बिक्री भइरहेको जिम्नी एसयूभी पनि केही समयमै नेपाली बाजरमा आउने कम्पनीले जनाएको छ। 

प्यासेन्जर सेगमेन्टमा भारतमा सवार्धिक बिक्री मारुती सुजुकी नेपाली बजारमा समेत सर्वाधिक रोजाइको ब्रान्डमा पर्छ। आयात प्रतिबन्ध, तरलता अभावलगायत विभिन्न कारणले उल्लेख्य रुपमा घटेको कार बिक्री अब भने बढ्ने अपेक्षा अटोमोबाइल व्यवसायीहरूको छ। 


प्रकाशित : शुक्रबार, असार २९ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend