सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २९ २०८०
images
रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहज गराउन व्यवसायीको आग्रह

टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्काे ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन्।

images
images

रसुवा- नेपाल-चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन्। 

images
images
images

व्यवसायी आफै केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरुले आग्रह गरेका हुन्।

images
images

टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्काे ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन्।

images
images

अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन्।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यससम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताए।

कोरोना सङ्क्रमणपश्चात्  २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो। अनावश्यक टीकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइँकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव सङ्कलन गरिसकेको छ।

केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ। सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २९ २०८००९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend