सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती

images
शुक्रबार, असार २९ २०८०
images
सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती

सडक डिभिजन नेपालगन्जले २०७९ वैशाख २५ गते कन्काई गणपति जेभीसँग १३ करोड ४२ लाख रुपैयाँमा २०८१ भदौ २५ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।

images
images

राँझा- बाँकेको परसपुर-गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ। खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर-गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन्। 

images
images
images

पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका-२ का  भीम वलीले बताए। 'सडकैभरि खाल्डाखुल्डीले वर्खाको पानी भरिएर  सडक पोखरीजस्तै भएको छ', उनले भने, 'हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता छ।'

images
images

ठेकेदारले कालोपत्र भत्काएर काम अधुरै छाडेपछि सडक अस्तव्यस्त बनेको छ। सडक डिभिजन नेपालगन्जले २०७९ वैशाख २५ गते कन्काई गणपति जेभीसँग १३ करोड ४२ लाख रुपैयाँमा २०८१ भदौ २५ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। तर हालसम्म १० प्रतिशत मात्र काम गरेको डिभिजन सडक कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर जनकबहादुर धामीले बताए। 

images
images

समयमै सक्ने गरी काम गर्न पत्राचार गर्दा काम गर्ने प्रतिबद्धता जनाउने गरे पनि काम नहुने गरेकाले अब पनि काम नगरे कम्पनीलाई पेश्कीस्वरुप दिइएको रकम फिर्ता लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिए। गौघाट-परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ। 
जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ। गौघाट-परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ। पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले दैनिक सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताइन्।

परसपुर-गौघाट सडक १० किलोमिटर नालीसहित १२ मिटरको कालोपत्र बनाउने गरी काम सुरु भए पनि सम्झौता भएको ११ महिनासम्म १० प्रतिशतमात्रै कार्यप्रगति भएको छ। सडक निर्माण अधुरै भएपछि खजुराका बासिन्दा आक्रोशित छन्। 

'सम्झौता भएको ११ महिनासम्म पनि १० प्रतिशतमात्रै काम भएको छ। यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा अरु काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने ?', खजुरा-२ का वडाध्यक्ष धनीराम वलीले भने।  

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर-गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिकरूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताए। उनले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगन्जमा पुगेर समेत माग गरिएको उल्लेख गरे। 'सडक निर्माणको ठेक्का लिने काम नगर्ने प्रवृत्तिदेखि आजित भइसक्यौँ', उनले आक्रोश पोखे। रासस


प्रकाशित : शुक्रबार, असार २९ २०८००५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend