सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

images
शुक्रबार, असार २९ २०८०
images
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीबार साँझ स्रोत नखुलेको २० लाख रुपैयाँसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

images
images

जानकी- नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। 

images
images
images

नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीबार साँझ स्रोत नखुलेको २० लाख रुपैयाँसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

images
images

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन्।

images
images

कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो। मोटरसाइकल चालक भारततर्फ भागेका थिए। रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, असार २९ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend