सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

काम सकिएपनि सरकारले दिएन ५० अर्ब भुक्तानी, आन्दोलनमा निर्माण व्यवसायी 

images
बिहीबार , असार २८ २०८०
images
काम सकिएपनि सरकारले दिएन ५० अर्ब भुक्तानी, आन्दोलनमा निर्माण व्यवसायी 

सरकारले भुक्तानी नदिने र बैंकको ऋणको ब्याज बढिरहँदा आफ्ना सदस्यको व्यवसाय नै संकटमा परेको महासंघले बताउँदै आएको छ। 

images
images

क‍ाठमाडौं- यसअघि नै काम सम्पन्न भएपनि सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। 

images
images
images

ठेक्का सम्झौताअनुसारको काम सम्पन्न भएर विधिसम्मत पेस भएका बिलको ५० अर्ब भुक्तानी बाँकी रहेको निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ। 

images
images

तीन तहका सरकारले हालसम्म ५० अर्ब भुक्तानी नदिएको तर असार मसान्त सकिन लागेको भन्दै सरकारलाई दबाब दिन महासंघले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।

images
images

रकम अभाव देखाउँदै सरकारले पछिल्लो समय निर्माण व्यवसायीलाई दिने भुक्तानीमा ढिला गर्दै आएको छ। 

‘नेपाल सरकारले असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेको र म्याद थप सम्बन्धि गरेक निर्णयको विरोध स्वरूप मिति २०८०/०३/२९ गते शुक्रवारका दिन बिहान ९:०० बजे नेपाल निर्माण व्यवसायी महासंघले माइतीघर मण्डलामा दिने धर्ना कार्यक्रम रहेको छ’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले भुक्तानी नदिने र बैंकको ऋणको ब्याज बढिरहँदा आफ्ना सदस्यको व्यवसाय नै संकटमा परेको महासंघले बताउँदै आएको छ। 

सबैभन्दा सुरक्षित करार मानिने सरकारसँगको करार नै पालना नभएको भन्दै महासंघका पदाधिकारीहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। 


प्रकाशित : बिहीबार , असार २८ २०८०१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend