सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न बोलाइएको बैठक गणपूरक संख्या नपुग्दा स्थगित 

images
बिहीबार , असार २८ २०८०
images
मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न बोलाइएको बैठक गणपूरक संख्या नपुग्दा स्थगित 
फाइल तस्बिर

बैठक स्थगित गर्ने बेलासम्म समितिका २७ सांसदमध्ये ११ जनाको उपस्थिति थियो। गणपूरक संख्याका लागि तीन जना सांसद अपुग भएको हो।

images
images

काठमाडौं- प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठक गणपूरक संख्याको अभावमा स्थगित गरिएको छ।

images
images
images

मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न १ः०० बजे बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि पौने दुई बजे स्थगित गरिएको समिति सचिव उदयकुमार भण्डारीले सञ्चारकर्मीलाई जानकारी दिए। बैठक स्थगित गर्ने बेलासम्म समितिका २७ सांसदमध्ये ११ जनाको उपस्थिति थियो। गणपूरक संख्याका लागि तीन जना सांसद अपुग भएको हो।

images
images

समितिले पारित गरेको आन्तरिक कार्यविधि, २०८० मा तोकिएको समयभन्दा आधा घण्टासम्म पर्खने व्यवस्था गरिएको छ। त्यसबेलासम्म सांसदहरू ऐनबहादुर शाही ठकुरी, प्रतिमा गौतम, प्रदीप पौडेल, मैना कार्की, गोकर्णराज विष्ट, महेश बस्नेत, निर्मला कोइराला, प्रेमबहादुर महर्जन, निशा डाँगी, शिव नेपाली, लालवीर चौधरी उपस्थित भएका थिए।

images
images

बैठक स्थगित भएपछि सांसदद्वय उर्मिला माझी र बिना लामा सवा दुई बजे बैठककक्षमा आइपुगे। समितिको गणपूरक संख्याका लागि १४ सांसद आउनुपर्नेमा सवा दुई बजेसम्म आइपुग्ने सांसदसमेत १३ जनाको मात्र उपस्थिति रहेको समिति सचिव भण्डारीले जानकारी दिए। त्यसबेलासम्म पहिले उपस्थित भएका सांसद र मेलम्ची खानेपानी आयोजनासँग सम्बद्ध कार्यालयका कर्मचारी हिँडिसकेका थिए।

बैठकमा अनुपस्थित हुने सांसदमा कल्पना चौधरी, खमबहादुर गर्बुजा, दिनेशकुमार यादव, राजेन्द्र बजगाईँ, शंकर भण्डारी, ठाकुरप्रसाद गैरे, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङ, राजकुमार गुप्ता, माधव सापकोटा, दीपकबहादुर सिंह, सुशीला श्रेष्ठ, चन्द्रकान्त राउत र धनबहादुर बुढा रहेको समिति सचिवालयले जनाएको छ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव रामआधार साह, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका आयोजना निर्देशक सञ्जीवविक्रम राणा उपस्थित भएका थिए। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८०१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend