सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

ऋण नलिइ मुलुक समृद्ध बनाउन सम्भव छैन, कस्तो ऋण लिने भन्नेमा सरकार प्रष्ट छ : अर्थमन्त्री महत

images
बिहीबार , असार २८ २०८०
images
ऋण नलिइ मुलुक समृद्ध बनाउन सम्भव छैन, कस्तो ऋण लिने भन्नेमा सरकार प्रष्ट छ : अर्थमन्त्री महत

देशको पुँजी लगानीले मात्र समग्रमा अर्थतन्त्रलाई माथि उकास्न नसक्ने अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन्।

images
images
images

आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रष्ट रहेको बताए।

images
images

'सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ', उनले भने, 'ऋण लिने प्रचलन संसारभरि नै छ। तर त्यो ऋण किन लिने, त्यसमा हामी सुस्पष्ट हुनुपर्छ। ऋण लिएर लगानी गर्ने, लगानीबाट प्रतिफल ज्यादा लिने, त्यसले अर्थतन्त्रलाई फराकिलो बनाउँछ।'

images
images

कुनै पनि ऋण नलिइकन मुलुक समृद्ध बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले आफ्नो पुँजीले मात्रै देशको पुँजी विस्तार गर्न नसकिने बताए। 'देशको पुँजी लगानीले समग्रमा अर्थतन्त्रलाई माथि उकास्न सकिँदैन। तर ऋण लिँदा अत्यन्त सचेत हुनुपर्छ, कस्तो ठाउँमा ऋण लिने, प्रतिफल र परिणाम आउने, बढीभन्दा बढी जनतालाई सहयोग पुग्ने हो कि होइन, सामाजिक आर्थिक प्रतिफल कति आउँछ, त्यसको यथार्थ मूल्यांकनका आधारमा ऋण लिनुपर्छ।'

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देव, देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठले ऋणको सदुपयोग गर्ने तथा ऋण नलिएर आन्तरिक राजस्व वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend