सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

images
बिहीबार , असार २८ २०८०
images
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

images
images

काठमाडौं- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ।

images
images
images

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

images
images

आदेशमा भनिएको छ, 'यसमा के-कसो भएको हो? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो रु मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।'

images
images

अदालतले आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिनु र यसपछिको सुनुवाइका लागि नियमानुसार पेस गर्न अदालतले भनेको छ। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend