सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

कागजात शंकास्पद देखिएपछि विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो 

images
बिहीबार , असार २८ २०८०
images
कागजात शंकास्पद देखिएपछि विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो 
फाइल तस्बिर

यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्यौल हुने बताइएको छ।

images
images

काठमाडौं- कागजातहरु शंकास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १ सय ५६ जनालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शंका लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो। 

images
images
images

उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदुताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर  कागजात पेस गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताए।

images
images

'यी कागजातहरु सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शंकास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्यौल हुनेछ', उनले भने।

images
images

त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो। उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन। रासस 


प्रकाशित : बिहीबार , असार २८ २०८०११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend