सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

मलेसियाको म्याक्स मनीलाई रेमिट्यान्स कारोबारमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २८ २०८०
images
मलेसियाको म्याक्स मनीलाई रेमिट्यान्स कारोबारमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध 

यसअघि म्याक्सलाई २०७५ साल मंसिरमै प्रतिबन्ध लगाइएको थियो। सो प्रतिबन्धपछि आंशिक रकम भुक्तानी गरेपछि २०७६ को माघमा फुकुवा गरिएको थियो। तर त्यतिबेला फुकुवा गर्दाका शर्त पालना नगरेकव भन्दै फेरि प्रतिबन्ध लगाउने राष्ट्र बैंकले निर्णय गरेको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्स मनी एसडीएन बीएचडीलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ। 

images
images
images

सो कम्पनीले विप्रेषण कारोबार वापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको हुनाले प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

images
images

नेपालका कुनै पनि कम्पनीहरूलाई म्याक्स मनीसँग कारोबार नगर्न राष्ट्र बैंकले सर्कुलर पनि जारी गरिसकेको छ। 

images
images

यसअघि म्याक्सलाई २०७५ साल मंसिरमै प्रतिबन्ध लगाइएको थियो। सो प्रतिबन्धपछि आंशिक रकम भुक्तानी गरेपछि २०७६ को माघमा फुकुवा गरिएको थियो। तर त्यतिबेला फुकुवा गर्दाका शर्त पालना नगरेकव भन्दै फेरि प्रतिबन्ध लगाउने राष्ट्र बैंकले निर्णय गरेको छ। 

'बैंकको मिति २०७६/१०/०५ को सूचनामार्फत सो प्रतिबन्ध फुकुवा गरिएको तथा उल्लिखित परिपत्रहरु खारेज गरिएकोमा उक्त संस्थाले त्यस्तो प्रतिबन्ध फुकुवा गर्दा तोकिएका शर्तहरु पालना नगरेको हुँदा यस बैंकबाट अर्को व्यवस्था नभएसम्मका लागि यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्रप्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्स मनी एसडीएन बीएचडीसँग बांकी वक्यौताको भुक्तानी लिने कार्य बाहेक कुनै पनि कारोबार नगर्न नगराउनू’ राष्ट्र बैंकले उल्लेख गरेको छ। 

म्याक्सले नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी अन्य  मल्टी करिडोर मार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट प्रक्रिया भएको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी विप्रेषण कारोवारको प्रबन्ध मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। 

 


प्रकाशित : बिहीबार , असार २८ २०८०११:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend