सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

भियतनामी स्वाद पस्किने 'फो ९९ रेष्टुरेन्ट' लाजिम्पाटमा

images
बिहीबार , असार २८ २०८०
images
भियतनामी स्वाद पस्किने 'फो ९९ रेष्टुरेन्ट' लाजिम्पाटमा

फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ। भियतनामी आइस टी र हट कफीसँगै नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ।

images
images

काठमाडौं- भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ। लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन्।

images
images
images

कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे। नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेष्टुरेन्ट पारखी नेपालीहरुलाई स्वस्थ खाना खुवाउन फो ९९ सफल हुने उनको विश्वास छ।

images
images

रेष्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू जस्तै सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन्। प्रायः माछाको चटनी, झिंगेमाछा (प्राउन) को पेस्ट वा सोयाविन ससको साथमा ग्राहकसमक्ष सर्भ गरिन्छ। भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जनमध्ये मानिन्छ।

images
images

सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौंको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ। कम मसला हुने भएकाले भियतनामी खाना संसारभर लोकप्रिय छन्।

रेष्टुरेन्ट सञ्चालक सारुले नेपाल घुम्ने भियतनामीहरुको संख्या बढ्दै गइरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताउँछन्। ‘जब हामीले २०११ मा सुरु ग¥यौं, हामी नेपालमा पहिलो पूर्ण भियतनामी रेस्टुरेन्ट थियौं,’ उनी भन्छन्, ‘त्यसबेला धेरैलाई भियतनामी खानाको बारेमा धेरै थाहा थिएन भने नेपाल घुम्न आउने भियतनामीहरूको संख्या पनि न्यून थियो।’

पछिल्ला दश वर्षमा, धेरै भियतनामीहरू नेपाल घुम्न थालेका छन् भने धेरै नेपालीहरूले पनि भियतनामी खानाबारे जान्न र प्रशंसा गर्न थालेको उनको भनाइ छ।

फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ। भियतनामी आइस टी र हट कफीसँगै नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ।


प्रकाशित : बिहीबार , असार २८ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend