सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

साउनदेखि कर्मचारी समायोजनमा कडाइ

images
बिहीबार , असार २८ २०८०
images
साउनदेखि कर्मचारी समायोजनमा कडाइ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन चाँडै नै आउने बताएका छन्।

images
images

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन्।

images
images
images

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका हुन्।

images
images

'संघीय निजामती सेवा ऐन चाँडै नै आउछ', उनले भने, 'कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ।' उनले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे।

images
images

मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागु गर्ने प्रतिबद्धता व्यक्त गरे।

'विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ', उनले भने, 'तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन्। साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ।' 

उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघअन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८०१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend