सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

चितवनमा बाढीपहिरोबाट यो वर्ष एक लाख ६६ हजार जनसंख्या प्रभावित हुने

images
बिहीबार , असार २८ २०८०
images
चितवनमा बाढीपहिरोबाट यो वर्ष एक लाख ६६ हजार जनसंख्या प्रभावित हुने
फाइल तस्बिर

बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ।

images
images

चितवन- जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसंख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

images
images
images

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए। महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ। 

images
images

यस्तै कालिका नगरपालिकाका दुई हजार ५० घरधुरीका छ हजार, रत्ननगर नगरपालिकाका पाँच हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने जनाइएको छ। खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुनेछन्। 

images
images

यस्तै पहिरोका कारण एक हजार आठ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपालिका रहेको छ। इच्छाकामनाका एक हजार दुई सय ५६ घरका छ हजार दुई सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ।

भरतपुरका तीत सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ। जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतंक आदि प्रकोप समस्याका रुपमा रहेका छन्। 

सूचना अधिकारी न्यौपानेले भने, 'विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ।' अन्य सामाजिक संघ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उनले जानकारी दिए।

बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ। यस्तै अन्य पालिकामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई समेत सुरक्षित क्षेत्रको पहिचान गरी विपद्‌बाट बच्न सजग रहन आह्वान गरिएको उनलेबताए। विपद्‌बाट बच्न पूर्व तयारीका लागि सातै पालिकामा सूचना गरिएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend