आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

काठमाडौं-तराई द्रुतमार्ग अन्तर्गत तीनवटा प्याकेजको ठेक्का आह्वान

बिहीबार , असार २८ २०८०
काठमाडौं-तराई द्रुतमार्ग अन्तर्गत तीनवटा प्याकेजको ठेक्का आह्वान

तीनवटै प्याकेजका लागि साउन १० गते १२ बजेसम्म आवेदन दिन सकिने सोही दिन १ बजे टेन्डर खोलिने सेनाले जनाएको छ। 

काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा निर्माणधीन काठमाडौं-तराई (मधेश) द्रुतमार्ग आयोजनाअन्तर्गत विभिन्न तीन प्याकेजको ठेक्का आह्वान भएको छ। सेनाले बिहीबार एक सूचना जारी गर्दै ठेक्का आह्वान गरेको हो। 

सेनाले तीनवटा प्याकेजको निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक टेन्डर आह्वान गरेको छ। स्ट्यान्डर्ड डबल लेनसहितको बाटो र पुललगात निर्माण गर्नुपर्ने टेन्डरमा उल्लेख छ। 

सेनाले गरेको टेन्डरमा इच्छुक कम्पनीहरुले साउन १० गतेसम्म आवेदन दिनसक्ने छन्। तीनवटै प्याकेजका लागि साउन १० गते १२ बजेसम्म आवेदन दिन सकिने सोही दिन १ बजे टेन्डर खोलिने सेनाले जनाएको छ। 

सेनाले आह्वान गरेको टेन्डरअनुसार तीन वटा प्याकेजनका लागि क्रमश: १८ करोड ९५ लाख २४ हजार १ सय रुपैयाँ, २० करोड ९६ लाख ८५ हजार ४ सय रुपैयाँ र १८ करोड ५९ लाख ८ हजार ४ सय रुपैयाँ बिड सेक्युरिटी रकम माग गरिएको छ। 

fast notice.PNG

सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं तराई द्रुतमार्गको काम निक्कै सुस्त गतिमा भइरहेको छ। सरकारले काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको म्याद थप गर्ने निर्णय गरेको थियो। आयोजनाको म्याद १९ महिना बाँकी हुँदै सरकारले २ वर्ष ४ महिना म्याद थप गरेको थियो।  

बैशाख ५ गते बसेको मन्त्रिपरिषद बैठकले आयोजनाको म्याद थप गर्ने निर्णय गरेको थियोे। हालसम्म काठमाडौंतर्फको प्रस्थान बिन्दु ललितपुरको खोकनामा जग्गाको मुआब्जा विवाद टुंगिएको छैन। 

काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको म्याद २०८१ मंसिरसम्म कायम नै थियो। सरकारले आयोजनाको अवधि करिब १९ महिना बाँकी हुँदै समय थपेको हो। हालैमात्र नेपाली सेनाले प्रधानमन्त्रीसहित रक्षा मन्त्रीलगायतलाई आयोजनाको अवलोकन गराएको थियो। मन्त्रिपरिषदले अब काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको म्याद २०८३ चैतसम्म थप गर्ने निर्णय गरिदिएको छ। 

यो आयोजनामा नेपाली सेना आफै निर्माणकर्ता नभइ सरकारले दिएको बजेट व्यवस्थापन गरेर टेन्डरमार्फत ठेकेदार छनोट गरि काम गराउने हो।

सेनाले २०८१ मंसिरसम्ममा आयोजना बनाइसक्ने लक्ष्य सार्वजनिक गरेको थियो। तर सेना समयमा काम सक्न भन्दा सयम नसकिँदै आयोजनाको म्याद थप गराउन उद्धत थियो भन्ने पुष्टि भइसकेको छ। आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म काठमाडौं तराई द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति २२.४४ प्रतिशतमात्र रहेको छ।  


प्रकाशित : बिहीबार , असार २८ २०८००४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend