बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहलेखापाल पक्राउ

images
बुधबार, असार २७ २०८०
images
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहलेखापाल पक्राउ

प्रहरीले बुधबार गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।

images
images

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

images
images
images

प्रहरीले बुधबार गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।

images
images

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मंगलबार मात्रै दुई जनालाई पक्राउ गरेको थियो। मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्र मंगलबार पक्राउ परेका हुन्।

images
images
images

यस प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन सरकारी कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की, मोही बाबुराम महर्जन, तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलगायत पक्राउ परिसकेका छन्। 


प्रकाशित : बुधबार, असार २७ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend