बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

म्याग्दीमा १५ साना सिँचाइ योजना निर्माण

images
बुधबार, असार २७ २०८०
images
म्याग्दीमा १५ साना सिँचाइ योजना निर्माण

म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ। खेतीका लागि प्रयोग भएको १९ हजार चार सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७ दशमलव ९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ। झन्डै ७२ दशमलव छ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ।

images
images

म्याग्दी- कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन्। केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन्।

images
images
images

एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए। सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन्।

images
images

'साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई २७ लाख नौ हजार रूपैयाँ अनुदान उपलब्ध गराइएको छ', उनले भने, 'केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन्।' साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई रु एक लाख ९९ हजार आठ सयका दरले अनुदान उपलब्ध गराएको छ। मुहानको संरक्षण, इन्टेक, ट्यांकी, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइको व्यवस्था मिलाइएको छ। 

images
images
images

गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए। सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा-९ तोरीपानीका तुलसीराज गिरीले बताए।

मुहानको थोरै स्रोतको पानी पोखरीमा संकलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिँचाइ गर्न सहयोग मिलेको छ। कार्यक्रममार्फत धेरैजसो कृषकले पाइप खरिद गरेका छन्। दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशअन्तर्गत छ स्थानीय तह भएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ। 

खेतीका लागि प्रयोग भएको १९ हजार चार सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७ दशमलव ९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ। झन्डै ७२ दशमलव छ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ।

यसैगरी कृषि ज्ञान केन्द्रले चालु आव २०७९/८० मा विनियोजन भएकोमध्ये ६४ दशमलव तीन प्रतिशत बजेट खर्च गरेको छ। पाँच करोड ४६ लाख ७६ रूपैयाँ बजेट विनियोजन भएकामा तीन करोड ५० लाख दश हजार रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार २७ २०८००७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend