काठमाडौं- सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लाई संशोधन गरेको छ। सरुवा दर्ता हुने सवारीमा देखिएको जटिलतालाई समाधान गर्न सरकारले नियमावली संशोधन गरेको हो।
त्यस्तै सरकारले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन र यसअघि ४० सिटसम्म मात्र उल्लेख गरेर दर्ता गर्न पाइने व्यवस्थालाई बदलेको छ। अब भने ४० सिटको सट्टा ४५ सिट नै उल्लेख गरेर ठूला सार्वजनिक बस दर्ता हुन सक्नेछन्।
यसैगरी सरकारले रात्री बस, लामोदुरीका तथा छोटो दुरीका सार्वजनिक बसलाई सुरक्षित बनाउन आपत्कालिन द्वारको व्यवस्था अनिवार्य गरेको छ। नयाँ दर्ता हुने बसमा हुनै गर्ने र यसअघि दर्ता भएका बसहरुले ६ महिनाभित्र संशोधित नियमावलीअनुसार आपत्कालिन द्वारको व्यवस्था गर्नुपर्ने नयाँ नियममा उल्लेख छ।
यसअघि नियमावलीको नियम ६ मा सवारीको सरुवा दर्ताको व्यवस्था रहेको छ। उक्त नियममा ३ उपनियम रहेकोमा अब संशोधन गरेर उपनियम ४ थप गरिएको छ।
थपिएको उपनियम ४ मा उपनियम ३ बमोजिम साविक दर्ताको लगत कट्टा गर्ने कार्यालयले त्यसरी लगत कट्टा गरिएका सवारीको छुट्टै अभिलेख खडा गरि दर्ता कायम रहेका सवारीको अभिलेख प्रत्येक तीन महिनामा अध्यावधिक गर्नु पर्नेछ, लेखिएको छ।
यस्तो छ संशोधित व्यवस्था :
