मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टेस्लाको एनएसीएस चार्जिङ नेटवर्कमा मर्सिडिज पनि जोडियो

बुधबार, असार २७ २०८०
टेस्लाको एनएसीएस चार्जिङ नेटवर्कमा मर्सिडिज पनि जोडियो

यसका साथै उत्तर अमेरिकी क्षेत्रमा विद्युतीय कार बिक्री गरिरहेका तथा योजना बनाएका अन्य कम्पनीहरु पनि टेस्लाको एनएसीएस नेटवर्कमा जोडिन छलफल गरिरहेका छन्।

काठमाडौं- विद्युतीय कारको उत्पादन तथा बिक्री बढेसँगै चार्जिङ पूर्वाधार निर्माणमा उत्पादकहरु आक्रामक रुपमा लागेका छन्। विद्युतीय कारको चार्जिङ पोर्टमा एकरुपता पाइँदैन। कम्पनीहरुले आफ्नो अनुकूलता वा पेटेन्टका आधारमा चार्जिङ पोर्ट बनाएका छन्। 

सरकारले बनाउने चार्जिङ पोर्टमा एक रुपता भएपनि निजीले बनाउने चार्जिङ स्टेसन अन्य कम्पनीलाई निल्दैनन्। तर अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंकले उत्तर अमेरिकी क्षेत्रका लागि एउटै चार्जिङ पोर्ट हुनेगरि काम गरिरहेको छ। टेस्लाको उक्त चार्जिङ नेटपर्कको नाम ‘उत्तर अमेरिकन चार्जिङ स्ट्यान्डर्ड’ (एनएसीएस) रहेको छ। 

टेस्लाले सुपरचार्जर नेटवर्कको विस्तारलाई तीव्रता दिएको छ। टेस्लाको उक्त एनएसीएसमा विभिन्न कम्पनीहरु जोडिने क्रम बढेको छ। पछिल्लो पटक जर्मन विलासी कार उत्पादक मर्सिडिज बेन्जले एनएसीएसमा जोडिने घोषणा गरेको छ। मर्सिडिज उत्तर अमेरिकामा एनएसीएस नेटवर्कमा २०२५ बाट जोडिने भएको छ। एनएसीएसमा जोडिने मर्सिडिज बेन्ज पहिलो कम्पनी हो। 

एनएसीएसमा जोडिनु अघिसम्म मर्सिडिजले बिक्री गर्ने विद्युतीय कार उत्तर अमेरिकी क्षेत्रमा कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएसवान)मा चार्ज हुनेछ। त्यसपछि टेस्लाको भने २०२५ बाट मर्सिडिजका विद्युतीय कार उत्तर अमेरिकामा बनेका १२ हजारभन्दा बढी टेस्लाका सुपरचार्जर स्टेसनमा चार्ज हुनेछन्। 

मर्सिडिज बेन्जसँगै फोर्ड, जनरल मोटर्स, रिभियन, भोल्भो, पोलस्टारले टेस्लाको एनएसीएस नेटवर्कमा जोडिने भएका छन्। त्यस्तै अर्को जर्मन कम्पनी फक्सवागन, दक्षिण कोरियन कम्पनी हुन्डाईले समेत टेस्लाको उक्त नेटवर्कमा आवद्ध हुने प्रस्ताव गरेका छन्। 

मर्सिडिज बेन्जले पनि आफ्नै चार्जिङ हव बनाउने योजना बनाएको छ। यो दशकको अन्त्यसम्ममा मर्सिडिजले २ हजारभन्दा बढी चार्जिङ हब बनाउने छ। उत्तर अमेरिकामा मात्र ४ सयभन्दा बढी चार्जिङ हव बन्ने र यसमा २५ सयभन्दा धेरै चार्जर हुनेछन्। 

यसका साथै उत्तर अमेरिकी क्षेत्रमा विद्युतीय कार बिक्री गरिरहेका तथा योजना बनाएका अन्य कम्पनीहरु पनि टेस्लाको एनएसीएस नेटवर्कमा जोडिन छलफल गरिरहेका छन्। उत्तर अमेरिकासँग अन्य बजारमा पनि टेस्लाले आफ्नो चार्जिङ नेटवर्क बलियो बनाउने योजना बनाएको छ। 

संसारकै चर्चित विद्युतीय कार उत्पादक कम्पनी कार उत्पादनमा निकै आक्रामक छ। उसले चार्जिङ पूर्वाधार निर्माणसँग आफ्नो नेटवर्कमा अन्य कम्पनीका उत्पादनलाई समेत चार्जका लागि समाहित गर्दैछ। टेस्लाले विद्युतीय कार उत्पादनका लागि एसियाली बजारलाई समेत प्राथमिकतामा राखेको छ। 

हाल चीनको सांघाईमा गिगाफ्याक्ट्रीमार्फत कार उत्पादन गरिरहेको टेस्ला सम्भवतः आगामी वर्ष औपचारिक रुपमा भारत प्रवेश गर्नेछ। गत महिना अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलन मस्कलाई भेटेका थिए। उक्त भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै मस्कले २०२४ मा टेस्ला औपचारिक रुपमा भारत प्रवेश गर्ने बताएका थिए। 

टेस्लाका विद्युतीय कार भारतमा बिक्रीका लागि आइनसकेको भए पनि नेपाली बजारमा भने बिक्री भइरहेको छ। नेपाली बजारमा टेस्लाका मोडल थ्री र मोडल वाई बिक्री भइरहेको छ। 


प्रकाशित : बुधबार, असार २७ २०८००४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend