मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पाँच लाखभन्दा बढी बिक्यो टाटा टियागो, रोजाइको ह्याचब्याक 

आइतबार, असार २४ २०८०
पाँच लाखभन्दा बढी बिक्यो टाटा टियागो, रोजाइको ह्याचब्याक 

सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङ गाडीको मान्यता प्राप्त गरेको थियो।

काठमाडौं- भारतको अग्रणी सवारी उत्पादक कम्पनी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटाभन्दा बढी बिक्री गर्न सफल भएको छ। सन् २०१६ मा   बिक्री सुरु गरिएको यस गाडीले सात वर्षको छोटो अवधि मै यो सफलता हासिल गरेको हो।

उल्लेखित कुल पाँच लाखमध्येका एक लाख गाडीहरु केवल १५ महिनामा बिक्री भएको कम्पनीले जनाएको छ। टियागोले 'नेट प्रोमोटर स्कोरमा' पनि ५१ अंक हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो। 

यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरु जितेको छ। यी उपलब्धिहरुले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट एवं  सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्दछ।

सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङ गाडीको मान्यता प्राप्त गरेको थियो।

Tiago500KSanandPlant.jpg

नेपाली बजारमा पनि टाटा टियागोको बजार तीब्र ढंगले बढेको छ। नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्रि हुने गाडीमा पर्न सफल भएको छ। विशेषत: भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका साथ अघि बढिरहेका युवावर्गको पहिलो रोजाइमा टाटा टियागो परेको छ। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य छ। "टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता  र अतुलनीय आरामको सुनिश्चितता गर्दछ। त्यसैले नेपाली ग्राहकहरुले मन मस्तिष्कमा यसले अमिट छाप छोड्न सफल भएको छ कम्पनीले बताएको छ। 

टाटाको टियागो विद्युतीय भर्सनमा समेत आइसकेको छ। भारतीय बजारमा कम मूल्यको विद्युतीय कारमा सर्वाधिक रोजाइमा परेको टियागो ईभी छिट्टै नेपाली बजारमा समेत आउँदै छ। 


प्रकाशित : आइतबार, असार २४ २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend