मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

‘पल्सर क्याफे’सहित नक्सालमा बजाजको भव्य शोरुम बन्दै

शनिबार, असार २३ २०८०
‘पल्सर क्याफे’सहित नक्सालमा बजाजको भव्य शोरुम बन्दै

त्यस्तै माथिल्लो तलामा पल्सर क्याफे सञ्चालन हुनेछ। बजाजले आफ्नो सबैभन्दा चलेको मोटरसाइकल पल्सर मोडलकै नामबाट उक्त क्याफेको नामाकरण गरेको हो।

काठमाडौं- पछिल्लो समय नक्साल सवारीसाधन शोरुमको हव बन्दै गएको छ। अधिकांश सवारी बिक्रेताहरुले नक्सालमा शोरुम सञ्चालनमा ल्याएका छन्। कुनै समय थापाथली सवारीको शोरुमका लागि निक्कै आकर्षक स्थानका रुपमा थियो। अहिले उती बेलाको ‘थापाथली’ नक्साल सरेको छ। 

यस्तैमा बजाजले पनि अत्याधुनिक सुविधासहितको शोरुम सञ्चालनमा ल्याउने भएको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता तथा एसेम्बलकर्ता हंसराज हुलासचन्द एन्ड कम्पनीले नक्सालमा नयाँ शोरुम सञ्चालनको तयारी गरेको हो। 

डिजाइन गरेर कम्पनीले संरचना निर्माणको काम गरिरहेको छ। अबको एक/दुई महिनाभित्र सञ्चलानमा ल्याउने गरि काम भइरहेको कम्पनीले जनाएको छ। नक्सालमा बन्न लागेको शोरुम क्याफेसहतिको हुनेछ। 

सामान्यतया शोरुममा मोटरसाइकल डिस्प्लेट, पार्किङ, सर्भिस सेन्टरलगायत हुने गरेको छ। कुनै कुनै कारहरुको शोरुममा क्याफेसहितको सुविधा हुने गरेको छ। तर मोटरसाइकलको शोरुममा सम्भवतः बजाजले पहिलो पटक भव्य क्याफेसमेत सञ्चालनमा ल्याउन लागेको हो। 

bajaj naxal design.PNG

नक्सालमा बन्ने शोरुममा भुईँ तलामा मोटरसाइकलको शोकेस, आगन्तुकको लागि आराम कक्ष, पार्किङलगायत संरचना बन्नेछ। त्यस्तै माथिल्लो तलामा पल्सर क्याफे सञ्चालन हुनेछ। बजाजले आफ्नो सबैभन्दा चलेको मोटरसाइकल पल्सर मोडलकै नामबाट उक्त क्याफेको नामाकरण गरेको हो। 

नक्सालमा बन्दै गरेको शोरुम हंसराज हुलासचन्द एन्ड कम्पनी आफैले निर्माण गर्न लागेको हो। कम्पनीले पहिलो पटक फ्ल्यागसिप शोरुम निर्माण गरिरहेको छ। यो शोरुमको डिजाइन 'इनडी डिजाइन'ले गरेको हो। यसअघि नक्सालमा बन्दै गरेको यस्तरको शोरुम नेपालमै बनेको थिएन। यही कुरा महसुस गरेर सवारी बिक्रेता कम्पनीहरुले आफै फ्ल्यागसिप शोरुम बनाइ रहेका छन्। 

bj bax shw.PNG

नक्सालमै रोयल इनफिल्को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ। त्यस्तै यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले पनि नक्सालमै ब्लू स्क्वायर नाम दिएर फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याइसकेको छ। 

सवारी बिक्रेताहरुले सवारी बिक्रीसँगै कम्पनीको ब्रान्ड भ्यालु बढाउने गरि आकर्षक शोरुम निर्माणमा समेत लगानी बढाउँदै लगेका छन्। सवारीसाधनको बिक्री त्यसमा पनि कार र मोटरसाइकल तथा स्कुटरको बिक्रेता हुनु प्रतिष्ठाको विषय बन्दै गएको छ। त्यसैले अटोमोबाइलको ‘ग्यामर’ कायम राख्न वा बढाउन सवारी बिक्रेताहरुले फ्ल्यागसिप शोरुम निर्माणलाई प्राथमिकता दिन थालेका हुन्। 

१ सय ५० सीसी सेगमेन्टमा बजाजको पल्सर नेपाली बजारमा धेरैको रोजाइमा पर्ने मोडल मध्येमा पर्छ। बजाज होन्डापछि धेरै दुई पांग्रे सवारी बिक्रेता कम्पनी हो। त्यस्तै सवारी बिक्रीका आधामा यामाहा तेस्रो स्थानमा हुँदा टीभीएस चौथो स्थानमा पुगेको छ। नेपाली उपभोक्ताका लागि दुई पांग्रे सवारी अत्यावश्यक जस्तै बनको छ। 

नेपाली बजारमा २ दर्जनभन्दा बढी पेट्रोलबाट चल्ने दुई पांग्रे सवारी ब्रान्ड छन्। पछिल्लो समय दुई पांग्रे विद्युतीय सवारीको बाढी नै आएको छ। हाल नेपाली बजारमा ६० भन्दा बढी ब्रान्डका दुई पांग्रे विद्युतीय सवारी भित्रिएका छन्। तर यनको बिक्री भने ज्यादै न्यून रहेको छ। 


प्रकाशित : शनिबार, असार २३ २०८००१:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend