मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कियाको विद्युतीय कार ईभी सिक्स नेपाल आउने निश्चित, नाडा अटो शोमा राखिने

यस्तो छ विशेषता र मूल्य

शुक्रबार, असार २२ २०८०
कियाको विद्युतीय कार ईभी सिक्स नेपाल आउने निश्चित, नाडा अटो शोमा राखिने

आगामी साता बुकिङ खुलाउँदा मूल्य सार्वजनिक गर्नेछ। ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। 

काठमाडौं- किया मोटर्सले उत्पादन गरेको चर्चित विद्युतीय कार ईभी सिक्स नेपाली बजारमा आउने निश्चित भएको छ। निक्कै अघिदेखि आउने चर्चा भइरहेको ईभी सिक्स अब भने आउने तय भएको हो। 

कियाका विद्युतीय कार धेरै अघिदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ। कोरियाली कार निर्माता कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले सुरुमा किया सोल ईभी ल्याएको थियो भने त्यसपछि किया निरो ईभी उपलब्ध गराएको छ।

तर सरकार विद्युतीय कारमा अस्वभाविक कर बढाएपछि कियाको विद्युतीय कार आयात राकिएको थियो। अब भने कन्टिनेन्टल ट्रेडिङले कियाले उत्पादन गरेको विद्युतीय कार ल्याउने भएको छ।

IMG-20230706-WA0024.jpg

 

विश्व बजारमा राम्रो प्रतिक्रिया पाइरहेको किया ईभी सिक्स नेपाली बजारमा आउने तय भएको हो। कन्टिनेन्टल ट्रेडिङका अनुसार किया ईभी सिक्स अबको दुई महिनापछि अर्थात भदौ अन्तिममा नेपाली बजारमा आइपुग्ने बताएको छ। कन्टिनेन्टलले किया ईभी सिक्सलाई नाडा अटो शो २०२३ मा प्रमुख आकर्षणका रुपमा प्रदर्शनीका लागि राख्ने भएको छ। 

कन्टिनेन्टलले अर्को सातादेखि नेपाली उपभोक्ताका लागि ईभी सिक्सको बुकिङ खुला गर्ने तयारी गरेको छ। यसअघि पनि कम्पनीले ईभी सिक्स ल्याउने तयारी गरेको भएपनि सप्लाई समस्याका कारण आउन सकेको थिएन। अब भने आकर्षक विशेषता, मूल्य र रेन्जसहितको विश्व चर्चित ईभी सिक्स आउने निश्चित भएको हो। 

IMG-20230706-WA0023.jpg

यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। कम्पनीले अहिलेसम्म यसको मूल्य सार्वजनिक भने गरिसकेको छैन। आगामी साता बुकिङ खुलाउँदा मूल्य सार्वजनिक गर्नेछ। ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। 

किया ईभी सिक्स ई-जीएमपी सकेटबोर्ड आर्किटेक्चरमा आधारित कियाको पहिलो मोडल हो। 

कार अफ द इयर बनेको ईभी सिक्स

कियाको विद्युतीय कार ईभी सिक्सले २०२२ को कार अफ दि इयरको उपाधि पाएको थियो। दक्षिण कोरियाली कार उत्पादकले पाएको यो नै पहिलो ठूलो अवार्ड हो। गत वर्ष कम्पनीको रिब्रान्डिङ गरेपश्चात प्राप्त यो अवार्ड कियाका लागि निकै लाभदायी हुनेछ। कियाले २/३ वर्षअघि लोगो परिवर्तन गरेर रिब्रान्डिङ गरेको थियो। 

यो अवार्ड प्राप्त गर्नु कार उत्पादकका लागि प्रगिष्ठाकै विषय बन्ने गरेको छ। उच्च कोटीको इन्टेरियर र स्पोर्ट युटिलिटीमा रहेको प्रचलन बाहिरको बडी स्टाइलका कारण यो कार निकै आकर्षक बनेको छ। यो कार रियर अलह्वील ड्राइभ चेसिसको साथमा उपलब्ध छ।

IMG-20230706-WA0022.jpg

ईभी सिक्सको इन्टेरियर फराकिलो स्पेस रहेको छ भने ड्यासबोर्ड टच स्क्रिन बटनका साथै स्विच प्यानलको रुपमासमेत अलग्याउन सकिन्छ। यसको सहायताले कारभित्र मनोरञ्जन, एसी, हिटरसहित भ्यान्टिलेसन नियन्त्रण गर्न सकिन्छ।


प्रकाशित : शुक्रबार, असार २२ २०८००२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend