मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सिट्रोन ईसी थ्री : उत्कृष्ट विशेषता र मूल्यले उपभोक्ता आकर्षित गर्दै, १ सयभन्दा बढीले गरे प्रिबुकिङ

मंगलबार, असार १९ २०८०
सिट्रोन ईसी थ्री : उत्कृष्ट विशेषता र मूल्यले उपभोक्ता आकर्षित गर्दै, १ सयभन्दा बढीले गरे प्रिबुकिङ

विद्युतीय कार भएकाले ईसी थ्रीले वातावरणीय स्वच्छतामा पनि योगदान पुर्‍याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको  लागि ईसी थ्री एउटा उपयुक्त रोजाइ बन्न सक्छ। 

काठमाडौं- फ्रेन्च डीएनएको सिट्रोन ईसी थ्री एक अत्याधुनिक विद्युतीय गाडी हो। यसले परिवर्तनलाई अँगाल्दै अटोमोबाइल क्षेत्रमा दिगोपनको यात्रा तर्फ अघि बढिरहेको छ। इकोफ्रेन्डली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसी थ्री बजारमा गेम चेन्जरका रूपमा स्थापित हुने दाबी गरेको छ। 

२९.२ किलोवाट आवर ब्याट्री प्याकद्वारा सञ्चालित ईसी थ्रीले ५७ हर्सपावर पावर र १४३ एनएम टर्कका साथ उत्कृष्ट पर्फमेन्स दिने कम्पनीको भनाइ छ। विद्युतीय पावरट्रेनले ईसी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र राम्रो ड्राइभिङ अनुभव प्रदान गर्दछ। साथै डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ।

मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ईसी थ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ। 

विद्युतीय कार भएकाले ईसी थ्रीले वातावरणीय स्वच्छतामा पनि योगदान पुर्‍याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको  लागि ईसी थ्री एउटा उपयुक्त रोजाइ बन्न सक्छ। 

अहिले नेपाली बजारमा लाइभ र फिल गरि ईसी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन्। लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ लाख र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ लाख रहेको छ। भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्यको भएको दाबी कम्पनीले गरेको छ। यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउँछ। 

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ईसी थ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर-असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ। 

कम मूल्यमा धेरै विशेषतासहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ईसी थ्री उपयुक्त हुने दाबी कम्पनीस्को छ। यसको दमदार पर्फमेन्स, स्टाइलिस डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ।  

दिगो र नवीन सवारी साधनहरूलाई आम मानिसमाझ पहुँचयोग्य बनाउने सिट्रोनको प्रतिबद्धताले ईसी थ्रीलाई बजारमा साँच्चै नै गेम चेन्जरको रुपमा स्थापित गर्दछ।

अहिलेसम्म १ सयभन्दा बढीे सिट्रोन ईसी थ्री बुकिङ भइसकेको कम्पनिले जानकारी दिएको छ। सिट्रोन ईसी थ्रीका दुवै भेरियन्टहरु एक लाख रुपैयाँमा प्रिबुकिङ गर्न सकिने सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले जनाएको छ। 


प्रकाशित : मंगलबार, असार १९ २०८०१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend