सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

'शाओमी प्याड ५' नेपाली बजारमा आयो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
'शाओमी प्याड ५' नेपाली बजारमा आयो

क्वाड स्टेरियो स्पिकर भएको प्याडमा   २२.५ वाटको इन–बक्स चार्जर रहेको छ। यसको ब्याट्री ८७२० एमएएच क्षमताको छ। 

काठमाडौं- शाओमीले नेपाली बजारमा आफ्नो नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ। 

कम्पनीले शाओमी प्याड-५ नेपाली बजारमा सार्वजनिक गरेको छ। आफ्ना नयाँ मोडलका उत्पादन नेपाली बजारमा ल्याउने क्रममा कम्पनीले शाओमी प्याड ५ ल्याएको हो। 

क्वाड स्टेरियो स्पिकर भएको प्याडमा   २२.५ वाटको इन–बक्स चार्जर रहेको छ। यसको ब्याट्री ८७२० एमएएच क्षमताको छ। 

८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको ब्याक क्यामेरा रहेको यसमा ७ न्यानोमिटरको क्वालकम स्न्याप्ड्रागन ८६०प्रोसेसर रहेको छ। 

नेपाली बजारमा यसका दुई भेरियन्ट छन्। ६ जीबी र्‍याम भएको यसमा १२८ र २५६ जीबी मेमोरी भेरियन्टमा उपलब्ध हुनेछ। १२८ जीबी मेमोरी भएको प्याडको मूल्य ४४ हजार ९९९ रुपैयाँ  मूल्य रहेको छ। त्यस्तै २५६ जीबी मेमोरी भएको प्याडलाई ४९ हजार ९९९ रुपैयाँ रहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend