मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भीजी इम्पेक्स र नबिल बैंकबीच जीडब्लूएमका गाडीमा फाइनान्सिङ सुविधा उपलब्ध गराउन सहकार्य

शुक्रबार, असार १५ २०८०
भीजी इम्पेक्स र नबिल बैंकबीच जीडब्लूएमका गाडीमा फाइनान्सिङ सुविधा उपलब्ध गराउन सहकार्य

भीजी इम्पेक्सका भाइसप्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले शुक्रबार सम्झौताा हस्ताक्षर गरेका हुन्।

काठमाडौं- जीडब्लूएम सवारीसाधनको लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग कार बिक्रीका लागि सहज फाइनान्सिङका लागि सम्झौता गारेको छ।

यो सम्झौतासँगै जीडब्लूएमका इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विंगल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको हो। 

भीजी इम्पेक्सका भाइसप्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले शुक्रबार सम्झौताा हस्ताक्षर गरेका हुन्। यस सम्झौताअनुसार ग्राहकहरुले नबिल बैंकमार्फत कुनैपनि जीडब्लूएमका गाडी खरिद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन्। 

नबिल बैंकले आईसीई मोडललाई १२.९० प्रतिशत ब्याजमा ५० प्रतिशत कर्जा र ईभीको लागि १२.१५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने छ। दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ। दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जीडब्लूएम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन्। 

ग्राहकहरूले सवारी कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्। नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जीडब्लूएमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ।


प्रकाशित : शुक्रबार, असार १५ २०८०१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend