मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अब सम्सारा रेमिटबाट पठाइएको रकम सिधै खल्तीमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
अब सम्सारा रेमिटबाट पठाइएको रकम सिधै खल्तीमा

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट कम्पनी खल्तीले रेमिट्यान्स कम्पनी सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट कम्पनी खल्तीले रेमिट्यान्स कम्पनी सम्सारा रेमिटमार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ। 

सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्तीमार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरिबाट पैसा पठाउन र पाउन दुबै सक्नेछन्। सम्सारामार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन्। 

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्ने कम्पनीले जनाएको छ।  


प्रकाशित : आइतबार, भदौ २० २०७८१४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend