आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

६ अर्ब ४३ करोडको लागतमा २८ मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

बिहीबार , असार १४ २०८०
६ अर्ब ४३ करोडको लागतमा २८ मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा आयोजनाको लागत ६ अर्ब ४३ करोड रूपैयाँ अनुमान गरिएको छ। आयोजनाको वार्षिक उत्पादन क्षमता १६४.११ गिगावाट रहने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- कोश‍ी प्रदेशको सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

आयोजनाको प्रस्तावक विद्युत् विभाग रहेको छ। सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा आयोजनाको लागत ६ अर्ब ४३ करोड रूपैयाँ अनुमान गरिएको छ।

आयोजना जल प्रवाहमा आधारित प्रकृतिको रहेको छ। आयोजनाको वार्षिक उत्पादन क्षमता १६४.११ गिगावाट रहने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : बिहीबार , असार १४ २०८००८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend