आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गोरखाको चुमनुव्रीमा निर्माण हुने बुढीगण्डकी नदी जलविद्युत आयोजनाको लागत १२ अर्ब ६४ करोड

बुधबार, असार १३ २०८०
गोरखाको चुमनुव्रीमा निर्माण हुने बुढीगण्डकी नदी जलविद्युत आयोजनाको लागत १२ अर्ब ६४ करोड

बुढीगण्डकी नदी जलविद्युत् आयोजना चुमनुव्री गाउँपालिका वडा नम्बर ३, ५ र ६ को नदीको दायाँ किनारामा रहने छ।

काठमाडौं- गण्डकी प्रदेश गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकामा बुढीगण्डकी नदी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि सार्वजनिक भएको छ।

आयोजनाको कुल लागत १२ अर्ब ६४ करोड ८६ लाख ५२ हजार रूपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत भने १२ करोड ३६ लाख रूपैयाँ रहेको छ। यही गाउँपालिकामा साढे १४ अर्बको लागतमा ८१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत् आयोजना समेत निर्माण हुँदैछ। 

बुढीगण्डकी नदी जलविद्युत् आयोजना चुमनुव्री गाउँपालिका वडा नम्बर ३, ५ र ६ को नदीको दायाँ किनारामा रहने छ। साढे १४ अर्बको लागतमा निर्माण हुने ८१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत् आयोजना भने सोही गाउँपालिको ४ नम्बर वडामा रहने छ। 

बुढीगण्डकी नदी जलविद्युत् आयोजनाको प्रस्तावक सूर्य इनर्जी प्रालि रहेको छ। यो आयोजना समुद्री सतहबाट १६०४.४५ मिटर देखि १८०६.८ मिटरको उचाइमा रहेको छ। प्रस्तावित आयोजना रन अफ रिभर प्रकारको हो। आयोजनाको डिस्चार्ज ५६.९६ घनमिटर प्रतिसेकेण्ड रहेको छ भने ग्रस हेड २०२०.२० मिटर र नेट हेड १८८.९० मिटर रहेको छ।

आयोजनाको वार्षिक उत्पादन ४९१.१ गिगावाट आवर रहेको छ। प्रस्तावित आयोजनाको मुख्य संरचनाहरुमा डाइभर्जन वेयर, इन्टेक ग्राभेल, ग्राभेल ट्रयाप, एप्रोच कल्भर्ट, सेटलिंग बेसिन, हेडरेस कल्भर्ट हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, इन्क्लाइन्ड साफ्ट, विद्युतगृह, टेलरेस तथा प्रसारण लाइन पर्दछन्।

वेयर क्रेस्ट र टर्बाइन एक्सिस तहलाई समुद्री सतहभन्दा १८०६.८ मिटर र १६०४.४५ मिटर उचाइमा स्थिर गरिएको छ। आयोनाको हेडरेस टनेलको लम्बाइ ५५१५ मिटर छ भने भूमिगत विद्युतगृहको लम्बाइ ४० मिटर र चौडाइ १३.५ मिटर र उचाइ २४.२५ मिटर रहेको छ।


प्रकाशित : बुधबार, असार १३ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend