शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

७७ अर्ब लागतका ६ केबलकार परियोजना पाइपलाइनमा 

बुधबार, असार १३ २०८०
७७ अर्ब लागतका ६ केबलकार परियोजना पाइपलाइनमा 

प्रतिवेदन अनुसार ७७ अर्ब लगानी अनुमान गरिएका ६ वटा परियोजना पाइपलाइनमा रहेका छन्। पाथिभरा, सुदूरपश्चिमको जलपादेवी, कास्कीको सिकलेस, तनहुँको छिम्केश्वरी, काठमाडौंको चाल्नाखेल र पोखरा मुक्तिनाथ केबलकार परियोजना पाइपलाइनमा छन्। 

काठमाडौं- पछिल्लो समय केबलकारमा लगानीकर्ताको आकर्षण देखिएको छ। हालसम्म ६ वटा केबलकार सञ्चालनमा रहेका छन् भने एउटा निर्माणाधीन र एउटा परीक्षणको क्रममा रहेको छ। 

नेपाल राष्ट्र बैंकको अर्थवार्षिक आर्थिक गतिविधि प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्यांकअनुसार देशभर अझै ६ वटा परियोजान पाइपलाइनमा रहेका छन्। 

नेपालमा पूर्वदेखि पश्चिमसम्म गरी कुल ६ वटा केबलकार सञ्चालनममा रहेका छन् भने १ वटा परीक्षणकालमा, १ वटा निर्माणाधीन र ६ वटा निर्माणको तयारीमा रहेका छन् । यस्ता केबलकारहरुबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि चलायमान गर्नमा मद्दत पुग्ने राष्ट्र बैंकको विश्लेषण रहेको छ। 

केबलकारहरु सञ्यचालन भएको स्थलमा होटल रिसोर्टहरु पनि स्थापना हुने, सडक, विजली, खानेपानी आदिको सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठ मन्दिरको सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटनको विस्तारमा थप टेवा पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

तथ्यांक अनुसार निर्माण भएर सञ्चालनमा रहेका ६ वटा केबलकारमा १३ अर्ब ९५ करोड लगानी भएको छ। त्यस्तै ३ अर्ब लगानीको बन्दीपुर केबलकार परीक्षणमा छ भने १ अर्ब  लगानीको सिद्धार्थ निर्माणाधीन छ। 

प्रतिवेदन अनुसार ७७ अर्ब लगानी अनुमान गरिएका ६ वटा परियोजना पाइपलाइनमा रहेका छन्। पाथिभरा, सुदूरपश्चिमको जलपादेवी, कास्कीको सिकलेस, तनहुँको छिम्केश्वरी, काठमाडौंको चाल्नाखेल र पोखरा मुक्तिनाथ केबलकार परियोजना पाइपलाइनमा छन्। 

Screenshot 2023-06-28 at 10.50.38.png


प्रकाशित : बुधबार, असार १३ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend