मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

फक्सवागनले सस्तो विद्युतीय कार आईडी वान उत्पादन गर्ने

बिहीबार , असार १४ २०८०
फक्सवागनले सस्तो विद्युतीय कार आईडी वान उत्पादन गर्ने

फक्सवागन ग्रुपले टेस्लाको जस्र्त ब्याट्री रणनीतिमा काम गरिरहेको छ। फरक सेल क्यामेस्ट्रिका आधारमा विद्युतीय कारको रेन्ज निर्धारण गरेर मूल्य कायम गरिनेछ। 

काठमाडौं- संख्याका आधारमा विश्वको दोस्रो ठूलो कार उत्पादक कम्पनी फक्सवायन प्रिमियमदेखि सस्तो विद्युतीय कारसम्म उत्पादनमा केन्द्रित भएको छ। कम्पनीले नयाँ इन्ट्रिलेवल विद्युतीय कार उत्पादन गर्ने बताएको छ। 

नयाँदेखि सबैजसो परम्परागत कार उत्पादक कम्पनीहरु विद्युतीय कार उत्पादनमै केन्द्रित हुन थालेका छन्। प्रिमियम तथा महँगा विद्युतीय कारमा मात्र होइन मास मार्केटलाई ध्यानमा राखेर कम मूल्यको विद्युतीय कार उत्पादन गरि बजारमा ल्याउने घोषणा गर्ने कम्पनीहरुको होड नै चलेको छ। 

चर्चित अकेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लासम्मले सस्तो मूल्यको विद्युतीय कार ल्याउने घोाषणा गरिसकेको छ। सबै कम्पनीहरु आम उपभोक्ताले खरिद गर्न सक्ने मूल्यको विद्युतीय कार उत्पादनमा केन्द्रित भएकाले फक्सवागनले पनि उक्त घोषणा गरेको हो। फक्सवायनले ल्याउन सस्तो मूल्यको विद्युतीय कार आईडी वान हुनेछ। 

अबको समयको विद्युतीय कार नै आम उपभोक्तानले खरिद गर्न सक्ने सस्तो मूल्यको हुनुपर्ने सबैजसो उत्पादकले स्वीकार गरिसकेका छन्। फक्सवागनले आईडी वानको स्पेसिफिकेसन बारे सार्वजनिक भने गरिसकेको छैन। कम्पनीले यो वर्षको सुरुवातमा भीडब्लू आईडी टूअल कन्सेप्ट पनि सार्वजनिक गरेको थियो।

यो कारको मूल्य २७ हजार डलरभन्दा बढी पर्ने अनुमान गरिएको छ। आईडी वान भने २२ हजार डलरभन्दा कम मूल्यमा आउने अनुमान धेरैले गरेका छन्। 

फक्सवागन सस्तो मूल्यको ब्याट्री प्रविधि र कम लागतमा उत्पादन गर्ने प्रक्रियाबारे काम गरिरहेका छ। यही प्रक्रियाबाट सस्तो मूल्यमा नयाँ विद्युतीय कार बनाउने कम्पनीका प्रमुख वित्त अधिकृत आर्नो एन्टिलिजले बताएका छन्। 

फक्सवागनले आईडी टूअल विद्युतीय कार कम्पनीको स्पेनमा रहेको पावरको प्लान्टबाट उत्पादन हुनेछ। कम्पनीले उक्त प्लान्टमा ३.३ अर्ब डलर लगानी गरेको छ। सो लगानीबाट बन्ने प्लान्टमा ब्याट्रीका साथै कार उत्पादन हुनेछ। २०२६ देखि उत्पादन सुरु गने्र्र लक्ष्य रहेको सो प्लान्टबाट वार्षिक ४० गिगावाट आवर ब्याट्री समेत उत्पादन हुनेछ। 

फक्सवागन ग्रुपले टेस्लाको जस्र्त ब्याट्री रणनीतिमा काम गरिरहेको छ। फरक सेल क्यामेस्ट्रिका आधारमा विद्युतीय कारको रेन्ज निर्धारण गरेर मूल्य कायम गरिनेछ। 

हाल फक्सवागनको आईडी फोर एसयूभी उत्पादन भइरहेको छ। त्यस्तै कम्पनीले आईडी सेभेन सेडान र आईडी बज विद्युतीय माइक्रोबस क्रमशः २०२४ र २०२५ मा सार्वजनिक हुनेछ। फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेसनलले विद्युतीय कार ल्याउन पहल गरिरहेको छ।   


प्रकाशित : बिहीबार , असार १४ २०८००४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend