मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टेलिटक नेपालमा नोकियाको आधिकारिक केयर सेन्टर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
टेलिटक नेपालमा नोकियाको आधिकारिक केयर सेन्टर

नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुरु गरेको छ।

काठमाडौं- नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुरु गरेको छ।

ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान-स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो।

अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछन्।

स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएका छन्। साथै फिचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा आउँनुका साथै सजिलै देशभरीमा उपलब्ध छन्।

ब्राण्डले भर्खरै नोकिया एसेन्शीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ।


प्रकाशित : आइतबार, भदौ २० २०७८१४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend