मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

अब २० लाख ९९ हजार रुपैयाँमा  पाइने भयो वुलिङ एयर ईभी, सीमित समयमा लागि खुल्यो बुकिङ 

भक्तपुर राधेराधे शोरुममा विशेष अफर

आइतबार, असार १० २०८०
अब २० लाख ९९ हजार रुपैयाँमा  पाइने भयो वुलिङ एयर ईभी, सीमित समयमा लागि खुल्यो बुकिङ 

काठमाडौं- विश्वमै सबैभन्दा बढी बिक्री हुने मध्येको एक विद्युतीय कार वुलिङ एयर ईभी को बुकिङ खुला भएको छ। नेपालमा सो विद्युतीय ब्रान्डको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभीको बुकिङ खुला गरेको हो। 

ईभी नेपाल मोटर्सले पहिलेदेखि नै नेपाली बजारमा लेभ्निङ ब्रान्डका विद्युतीय स्कुटरसमेत बिक्री गरिरहेको छ। ईभी नेपाल मोटर्सको दोस्रो वार्षिकोत्सवको अवसरमा सो गाडीको मूल्य समायोजन गरेर २० लाख ९९ हजार रुपैयाँमा बुकिङ खुला गरेको कम्पनीले जनाएको छ। 

योभन्दा पहिले नेपाली बजारमा दुई भेरिएन्टमा सो गाडी उपलब्ध हुने गरी यसको मूल्य २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ मूल्य थियो। तर हाल एउटा भेरिएन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँमै बुकिङ खुला गरिएको हो। 

हाल प्रमोसनल अफरको रुपमा सो मूल्यका साथ बुकिङ प्रारम्भ गरिएको कम्पनीको भनाइ छ। यसका साथै ग्राहकले ५० हजार रुपैयाँसम्मको एसेसरिजसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ। यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ। 

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियामा लोकप्रिय रहेको विद्युतीय कार हो।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा यो विद्युतीय कार निर्माण भएको हो। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन्। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक कार हो।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि चलाउन मिल्ने अनुभव भएको वुलिङ एयर ईभी नेपाली बजारका लागि निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा कम्छपनीले गरेको छ।


प्रकाशित : आइतबार, असार १० २०८०१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend