मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पोखरामा खुल्यो निटा ईभीको शोरुम 

ईभी ट्याक्सी र माइक्रोबस हस्तान्तरण 

आइतबार, असार १० २०८०
पोखरामा खुल्यो निटा ईभीको शोरुम 

उक्त कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सी तथा विद्युतीय माइक्रोबसको चीनका राजदूत सङले हस्तान्तरण गरेका थिए। साथै अब पोखरा सहरमा विद्युतीय गाडीको प्रयोग अझै बढाउन सुझाव दिए। 

काठमाडौं- पोखराको आर्चलबोट चोकमा सीजी मोटर्स निटा ईभीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। निटाको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले उक्त शोरुम सञ्चालनमा ल्याएको हो। 

नेपालका लागि चिनियाँ राजदूत चेन सङ लगायतबाट पोखराको उक्त शोरुमको उद्घाटन भएको हो। उद्घाटनको अवसरमा नेपालका लागि राजदूत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना दिएका थिए।

शोरुम उद्घाटनका क्रममा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। राजदूत चेन सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीको फाइदा धेरै नै रहेको बताएका थिए। 

नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने उनले बताएका थिए। साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला सहरहरुमा चर्जिङ स्टेसनको विकास गर्ने राजदूत चेन सङले बताए। सर्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।      

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा निटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए। नेपाली बजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री गर्ने योजन छ। ईभी ट्याक्सी र माइक्रोबसको सफलतरिकाले काठमाडौं तथा पोखरा रुटको लागि ११ देखि १९ सिटरसम्मका माइक्रोबसहरु सीजी मोटर्सले उपलब्ध गराएको छ।     

उक्त कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सी तथा विद्युतीय माइक्रोबसको चीनका राजदूत सङले हस्तान्तरण गरेका थिए। साथै अब पोखरा सहरमा विद्युतीय गाडीको प्रयोग अझै बढाउन सुझाव दिए। 

प्योर ईभी प्लाटफर्ममा बनेको निटा भीले फुल चार्जमा ३ सय ८० किमीको दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ। १ सय ७० एमएम ग्राउण्ड क्लीयरेन्स रहेको निटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको छ। निटा भी गाडी भित्र प्रदूषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदूषणका साथै भित्र गाडीको हावाको पनि प्रदूषण फिल्टर गर्ने गर्छ। निटा भीमा विश्वको ठूलो ब्याट्री निर्माण कम्पनी सीएटीएलको ब्याट्री प्रयोग भएको छ। 

सीजी मोटर्सले निटा भीका साथै ईभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन्। साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युतीय माइक्रोबसका लागि सीजी मोटर्सले  अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ। 


प्रकाशित : आइतबार, असार १० २०८००७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend