आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दार्चुलाको अपर चमेलिया जलविद्युत आयोजनाको लागत ११ अर्ब २४ करोड

शुक्रबार, असार ८ २०८०
दार्चुलाको अपर चमेलिया जलविद्युत आयोजनाको लागत ११ अर्ब २४ करोड

काठमाडौं- दार्चुलाको अपि हिमाल गाउँपालिकामा निर्माण हुने अपर चमेलिया जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावनका लागि सार्वजनिक गरिएको छ। ५३.८५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत ११ अर्ब २४ करोड ९४ लाख ८० हजार रहेको छ। 

यो आयोजनाको प्रस्तावक विद्युत विकास विभाग रहेको छ। प्रस्तावित आयोजना सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर  १ मा रहने छ। प्रस्तावित आयोजना नदी प्रवाहमा आधारित छ। आयोजनाले चमेलिया नदीको ७.१२ घनमिटरप्रति सेकेन्ड बहाव प्रयोग गरी ५३.८५ मेगावाठ विद्युत उत्पादन गर्ने रिपोर्टमा उल्लेख छ। 

आयोजनाको डिजाइन डिस्चार्ज ७.१२ घन मिटर प्रति सेकेन्ड र नेट हेट ८८१.८१ मिटर रहने छ। प्रस्तावित आयोजनाबाट औषत वार्षिक ऊर्जा उत्पादन ३१९.२१ गिगा वाट घण्टा रहने छ। साथै सुक्खा मौसमको ऊर्जा उत्पादन क्षमता १०७.५० गिगावाट र बर्खा मौसमको ऊर्जा उत्पादन क्षमता २११.७ गिगावाट हुने रिपोर्टमा उल्लेख छ।

प्रस्तावित आयोजनाको नदीको बाँधको लम्बाई ३० मिटर र उचाइ नदीको सतहबाट ५ मिटर रहने छ। प्रस्तावित आयोजना निर्माण अवधि ४ वर्षको हुने छ। 


प्रकाशित : शुक्रबार, असार ८ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend