सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मोबाइलमा इन्टरनेट चलाउँदा कुन कम्पनीको शुल्क कति छ?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २१ २०७८
मोबाइलमा इन्टरनेट चलाउँदा कुन कम्पनीको शुल्क कति छ?

विशेषगरी पछिल्लो समय बन्डलिङ गरेर कम्पनीहरूले प्याकेज बिक्री गरिरहेका छन्। तर प्याकेज नलिइ इन्टरनेट चलाउनेहरुका लागि भने सामान्य दर नै लागू हुन्छ।

काठमाडौं- नेपालमा मोबाइल इन्टरनेट चलाउँदा सेवाशुल्क कम्पनीअनुसार फरक रहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत गरेको दरअनुसार कम्पनीहरूको शुल्क फरक फरक रहेको छ। 

प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार प्रति एमबी नेपाल टेलिकमको सबैभन्दा सस्तो इन्टरनेट रहेको छ। नेपाल टेलिकमको दर एक एमबीको १ रुपैयाँ  छ। एनसेलको २ रुपैयाँ छ भने स्मार्ट टेलिकमको १.५ रुपैयाँ छ।

प्राधिकरणले स्वीकृत गरेको यो दर कर बाहेक हो। यसमा १३ प्रतिशत सेवाशुल्क तथा भ्याट लाग्छ।

स्वीकृत दर यो भएपनि उपभोक्ताहरूले भने यो भन्दा सस्तवमा पाइरहेका छन्। विशेषगरी पछिल्लो समय बन्डलिङ गरेर कम्पनीहरूले प्याकेज बिक्री गरिरहेका छन्। तर प्याकेज नलिइ इन्टरनेट चलाउनेहरुका लागि भने सामान्य दर नै लागू हुन्छ।


प्रकाशित : आइतबार, कात्तिक २१ २०७८०३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend