शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images
विमानस्थल बक्यौता

लाइसेन्स खारेज भएका ९ एयरलाइन्स कम्पनीले तिरेनन् ८ करोड , यस्तो छ सञ्चालकको विवरण

images
शनिबार, कात्तिक २० २०७८
images
लाइसेन्स खारेज भएका ९ एयरलाइन्स कम्पनीले तिरेनन् ८ करोड , यस्तो छ सञ्चालकको विवरण
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नु पर्ने विमानस्थल सेवा शूल्क वापतको  ८ करोड भन्दा बढी रकम नतिर्ने एयरलाइन्स कम्पनीका मालिकको नाम सार्वजनिक भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमाननस्थल बक्यौता भुक्तानीका लागि थप समय दिँदै एयरलाइन्स कम्पनीको मालिकको नाम सार्वजनिक गरेको हो।

images
images

प्राधिकरणमा अनुसार लाइसेन्स नै खारेज भएको नेकोन एयरलाइन्सले तिर्नु पर्ने बक्यौता रकम मात्रै ४ करोड ७२ लाख रुपैयाँ भन्दा बढी रहेको छ। यो एयरलाइन्सका मालिक मुकुन्दभक्त श्रेष्ठ,दिपमणी राजभण्डारी, दिपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रवीचन्द्रमान  श्रेष्ठ रहेका छन्।

images
images

यसैगरी ५५ लाख ५१ हजार रुपैयाँ बक्यौता भुक्तानी नगर्ने शिवानी एयरका मालिक मणिन्द्रलाल रंजितकार  रहेका छन्।
साथै ७२ हजार बक्यौता भुक्तानी नगर्ने अल्पाइन  एयरका मालिक क्याप्टेन प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठ हुन।

गोरखा एयरका प्रज्वल श्रेष्ठ र डाक्टर उज्वल  श्रेष्ठले पनि २० लाख ३५ हजार रुपैयाँ भन्दा बढी विमानस्थल सेवा शूल्क वापतको रकम लामो समयदेखि भुक्तानी गरेका छैनन्।

यसैगर कर्णाली एयर, माउण्टेन एयर,कस्मिक एयर, स्काईलाइन एयर र काष्ठमण्डप  एयरले पनि विमानस्थल विमानस्थल सेवा शूल्क वापतको रकम उडान बन्दभई लाइसेन्ससमेत खारेज हुँदा पनि भुक्तानी गरेका छैनन्।

एयरलाइन्स कम्पनीका मालिक र बक्यौता रकम

list.JPG
undefined

 


प्रकाशित : शनिबार, कात्तिक २० २०७८०८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend