मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

यामाहा ट्याक्स रिल्याक्स अफर : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

बुधबार, असार ६ २०८०
यामाहा ट्याक्स रिल्याक्स अफर : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भइ रमाईलो अनुभव गर्नु हो भन्नेमा आफूहरु विश्वस्त रहेके यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए।

काठमाडौं- दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ अफर घोषणा गरेको छ। यामाहा ट्याक्स रिल्याक्स अफर अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछ। 

दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभइ अन्य खर्चहरू पनि लाग्ने व्यवस्था छ।

सडक करजस्ता अतिरिक्त खर्चहरूले प्रायः सवारहरूलाई बोझ पार्न सक्छ र उनीहरूको समग्र आनन्द र मनको शान्तिलाई असर गर्छ। यामाहा ट्याक्स रिल्याक्सले ग्राहकहरूका ती चिन्तालाई हटाउन सक्छ किनकि यामाहाले स्वामित्वको पहिलो दुई वर्षको लागि कर आफैले तिरिदिने भएको छ।

यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भइ रमाईलो अनुभव गर्नु हो भन्नेमा आफूहरु विश्वस्त रहेके यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए।

यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन्। यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता क्षेत्रीले बताए। 

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ। शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ। 
यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको छ। कुनै पनि यामाहा शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने छ। 


प्रकाशित : बुधबार, असार ६ २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend