मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

सोमबार, असार ४ २०८०
हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

हुन्डाईले प्रभु बैंक लिमिटेडसँगको साझेदारीमा यो योजना ल्याएको हो।

काठमाडौं- नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक फाइभको खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ।

हुन्डाईले प्रभु बैंक लिमिटेडसँगको साझेदारीमा यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत इच्छुक खरिदकर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो बर्षको लागि) हुन्डाई कोना र आयोनिक फाइभ खरिद गर्न सक्नेछन्। बैंकको ३ सय १ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्ताले यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

हुन्डाई कोना र आयोनिक फाइभ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुवै ईभीले ग्राहकको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, पर्फर्मेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन  सफल भएको छ।

हुन्डाई कोना तीन वटा भेरियन्टमा उपलब्ध छ। कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएलको ६१ लाख ९६ हजार र  जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार मूल्य रहेको छ। साथै, आयोनिक फाइभ जीएलएस भिजन रुफ भेरियन्टको एक करोड २ लाख ९६ हजार मूल्य रहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ।


प्रकाशित : सोमबार, असार ४ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend